असाेज १७ बुधबार
रबिन्द्र बराल

मोरङ रंगेली नगरपालिकाकाे साेना धारकाे डिलमा लगेर ५ महिना अगाडि जबर्जस्ती करणी गरेर गर्भ रहेकाे एक १३ बर्षिय बालिकाको गर्भ तुहाउने अरुण ऋिसिदेव लाई रंगेली प्रहरीले पक्राउ गरेको छ ।
५ महिना अगाडि बालबालिकालाई ललाई फकाई गरेर आफुले बिवहा गर्ने आस्वसन दिएर एकान्तमा लगेर बलत्कार गरेकाे पिडितकाे उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गर्भ तुहाउने ओैषधि खुवाएर पिडित बालबालिकाले आफ्नै घरमा मृत नवजात शिशुकाे जन्म दिएकाे जानकारी प्रप्त भए पछि प्रहरी घटना स्थलमा पुगेपछि साे कुरा खुलेकाे प्रहरीले जनाएको छ ।
अबिबाहित बालिकाले घरमै मृत बच्चा(छोरा) जन्माएको प्रहरीले जनाएको छ । प्रहरीले गर्भ समंरक्षण तथा जवरजस्ति कारणिमा मुद्दा दर्ता गरि थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय माेरङले जनाएको छ ।