असाेज २१ आईतवार ।
विद्यानन्द चाैधरी
कानेपाेखरी

माेरङकाे कानेपाेखरी वडा न २ केराैनमा थारु कल्याणकारिणी सभा कानेपाेखरीले थारु महिलाकाे लागी लैङ्गगिक हिँसा विरुद्धकाे अभियानमा जितिया विशेष सांस्कृतिक कार्यक्रमकाे आयोजना गरिएको थियाे ।कार्यक्रम विभिन्न जितियाकाे थारु सांस्कृतिक झल्किने गित तथा अन्य गितमा समेत नृत्यहरु समावेस गरिएकाे थियाे ।र हास्य व्यङ्ग समेत समेटिएकाे कार्यक्रममा हेर्न आउने दर्शकहरुलाई भर पुर मनाेरञ्जन गराएकाे थियाे ।जितिया पर्वकाे उपल्यक्षमा अतिथि हरुले सहभागी महिला दिदी बहिनी हरुलाई ब्रतकाे र मनाेकामना समेत पुर्ण हाेस भनी शुभकामना दिएका थिए । ‘
जितिया विशेष सांस्कृतिक कार्यक्रमा उपस्थित अतिथि, कलाकार र सहभागीहरुलार्य थारु समुदायको मौलिक खानाकापरिकारहरु खुवाएर स्वागत गरिएकाे थियो ।थारु समुदायले खाने गरेको बिषेश प्रकारको चामलकाे पिठाेले बनाएकाे बगिया ,रोटी,खीर तरकारी अचारकाे परिकार चखाइएकाे थियाे । थारु कल्याणकारिणी सभा कानेपाेखरी गाँउकार्य समितिको आयोजनामा भएको कार्यक्रममा स्थानिय सरकार प्रमुख राजमती इङ्गनामकाे प्रमुख आथितियता रहेकाे थियाे भने स्थानियसरकार उपप्रमुख भाेला प्रसाद अधिकारी र वडा २काे वडा अध्यक्ष शुशिल बुढाथाेकी थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष प्रदिप भगत लगायतकाे विशिष्ट अथितियता रहेकाे थियाे ।

, नेपाल आदिवासी जनजाति महासंघ कानेपाेखरीका अध्यक्ष भाेजविर माझी रमाइलाे जनएकता साकाेसका अध्यक्ष त्रीभुनाथ फुयल सन्ताेष
वडा न २का वडा सदस्यहरु तथा पार्टिका प्रतिनिधी एव्म कानेपाेखरीका पत्रकारहरु तथा थारु चर्चित कलाकारहरुकाे समेत आथितियता रहेकाे
कार्यक्रममा थारु कल्याणकारिणी सभा कानेपाेखरी गाँउकार्य समितिको अध्यक्ष विद्यानन्द चाैधरीकाे अध्यक्षतामा कार्यक्रम सँम्पन्न भएकाे थियाे । उक्त कार्यक्रम पालिका स्तरिय भएकाेले बाक्लाे उपस्थितिमा दर्शकहरु जमेकाे थियाे । जिल्ला कार्यसमिती सदस्य
रखीलाल चौधरीले स्वागत मन्तब्य राखेकाे थियाे । सहभागी सबै कलाकारहरुलाइ प्रशन्सा पत्र र मायाकाे चिनाेले नाचमा अरु वढि हाैसला पुगाेस भनेर वितरण गरीएकाे जानकारी थारु कल्याणकारिणी सभा कानेपाेखरी गाँउकार्य समितिले दिनु भयाे ।।।