असाेज २२ साेमबार

ईलाका प्रहरी कार्याकलय रंगेलीले “नागरीक सुनुवाई ” कार्यक्रम गरेको छ । रंगेली नगरपालिका ७ स्थित तिरुपती बालाजी मन्दिरको भवनमा ईलाका प्रहरी कार्यलय रंगेलीले नागरीक सुनुवाई कार्यक्रम गरेको हाे ।

कार्यक्रमका प्रमुख अथिती रंगेली नगरपालिका का मेयर दिलिप कुमार अग्रवाल, बिशिष्ट अथिती उप मेयर भुमा कुमारी पराजुली, प्रशासकिय अधिकृत ओमकार न्यौपाने , जिल्ला प्रहरी कार्यलय माेरङका क्षदिलाल कामती, शसस्त्र प्रहरी बल नेपाल विओपि रंगेली चोप्राहा का प्रमुख प्रहरी निरीक्षक समिर अख्तर,स्थानीय मनाेज अग्रवाल, सन्ताेष साह, शंकर प्रसाद साह, सबै वडाध्यक्ष, राजनितिक दलका प्रतिनिधी,बिभिन्न संघ संस्थाका प्रमुख , नागरिक समाज,स्थानिय ,समावेशी, बुद्धिजीवी, प्रहरी लगायतकाे समेत उपस्थिति रहेको थियोे ।

नागरिक सुनवाइमा सहभागी हरुले बोर्डर काे समस्या ,लागू औषध ,चोरी ,सवारी दुर्घटना, ट्राफिक व्यवस्थापन लगायत का बिषयमा जानकारी समेत गरेको थियोे । सहभागी हरुले नेपाल-भारत सीमा क्षेत्रमा जोडिएको हुनाले सिमा क्षेत्रमा अपराध, चोरी पैठारी , नियन्त्रण तथा लागुऔषध ओसारपसार काे नियन्त्रण गर्नेका लागि नागरिक समाज र प्रहरी मिलेर मात्रै सहज हुने सहभागी हरु ले बताए । मेयर बगडीयाले समाजमा हुने जुनसुकै अपराध नियन्त्रण गर्नका लागि प्रहरी संग सहजिकरण गर्ने प्रतिबद्धता जनाउँदै अपराध नियन्त्रणमा नागरिक, प्रहरी र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने समेत मेयर वगडियाले बताए ।