असाेज २४ बुधबार
रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ८ स्थित फर्सडागी चाेकमा बर्षाेदेखी बसाेवास गर्दे आईरहेका लाल बहादुर चाैधरीले आफ्नो १६ बर्षका छाेरा बचाई दिनका लागि नेपाली दाजु भाइ हरु संग हारगुहार गरिरहेका छन ।
उनकाे १६ बर्षका छाेरा राकेश चाैधरी बिगत १६ बर्ष देखि मुटुमा प्वाल परेर बिरामी भएपछि ओछ्यानमा छटपटाई रहेका छन । ४ बर्षकाे उमेर देखि शरिरमा घाउको चाेट लिएर बाँच्न बाध्य भएका छन । २०७३ सालमा सामान्य स्वासप्रस्वासमा समस्या हुन थालेपछि गाउँ घरमा केही दिन उपचार गराए ओैषधि समेत सेवन गर तर कुनै शरिरमा परिवर्तन नभए पछि उनले २०७३ सालमा काठमाडौ स्थित शहिद गागांलाल हृदयाघात अस्पताल मा उपचारका लागि पुगाए र त्यहाँका डाक्टर हरु काे सल्लाह अनुसार छाेराकाे भिडियो एक्सरे गरेपछि छाेराकाे मुटुमा प्वाल परेको रिपोर्ट आएपछि उनी छाङ बाट झरेझै भएकाे उनलेे बताए ।
उनले छाेराकाे उपचारका लागि घरमा पालिरहेको गाई,बाख्र र श्रीमती चन्दा देविले खाईनखाई गरेर जाेडेकाे केही सुन र चाँदीको गरगहना समेत बेचबिखन गरे छाेराकाे उपचारमा खर्च गरे तरपनि राेग निकाे हुन नसकेको बुवा लाल बहादुर ले बताए । बिगत १२ बर्षकाे अबिधमा छाेरा काे राेग निकाे हुन्छ कि भनेर दाजु, भाइ र आफ्नत हरु संग सर सापटी गरेर १५ लाख रुपयाँ सम्म खर्च भई सकेको भएता पनि राेग भने निकाे नभए र अहिले छटपटाई रहेका छन । छाेरा काे राेग निकाे नभए पनि अहिले घरकाे आर्थिक अवस्था दैनिय बन्दै गएपछि उनी हरु ले नगरपालिका मा समेत जानकारी गराए पछि नगरले पनि एक पल्टकाे लागि ५ हजार रुपैयाँ सहयोग गर्याे तर अहिले ओैषधी समेत खुवानका लागि रकम नभए पछि गाउँ घरमा समेत सहयोग गरेर छाेरा लाई वचाई रहेको छु ।
अब चन्दा माग गर्ने कुनै ठाउँ छैन आफू संग भएको सबै सक्याे अब कसरी छाेरा लाई दवाई किनेर खुवाउनु भन्दै देश बिदेशमा रहेका नेपाली दाजुभाइ हरु लाई छाेरा लाई बचाई दिन समेत आग्रह गरिरहेका छन । अहिले छाेरा काे मासिक रुपमा चेक जाँच र ओैषधी काे लागि १० हजार रुपैयाँ सम्म लाग्ने गरेको परिवार ले बताए । कक्षा ५ काे पढाइ गरिरहेको बेला देखि उनी बिरामी भए पछि उनले आफ्नो अध्यन लाई समेत अगाडि बडाउन सकेन्न नत पढाइ न अगाडि बडाउन सके नत बिरामी नै निकाे भयाे । अहिले ओछ्यानमा रातदिन छटपटाउन बाहेक उनी संगै केही उपाय छैन ।
सहयोग गर्ने मनकारी ले रंगेली शाखा कार्यलय काे
लक्ष्मी बैक खाता काे
लाल वहादुर चाैधरी काे नाम मा रहेको 022130204060000001 नम्बर मा सहयोगी मन हरु ले सहयोग गरिदिनु हुन बिनम्र अनुराेध छ ।