असाेज।२५।कानेपाेखरी
कानेपोखरी गाउँपालिकाको चौधौँ गाउँअधिबेशन ३ बिधेयक पास गर्दै सम्पन्न कानेपोखरी गाउँपालिकाको चौधौँ गाउँअधिबेशन बुधबार सम्पन्न भएको छ ।

गाउँसभाले विभिन्न तिन ओटा बिधेयकहरु पारित गरेको गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले जानकारी दिनुभयो । गाउँसभाले सहकारी बिधेयक २०८०,जलश्रोत उपयोग तथा व्यवस्थापन बिधेयक, २०८० र नागरिक उपचार सहायता कोष परिचालन (पहिलो संशोधन) बिधेयक, २०८० पारित गरिएको छ ।गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले प्रस्तुत गर्नुभएको बिधेयक माथी सभाका सदस्य श्री दिपेश कुमार थापा र रखिलाल चौधरीले आफ्नो भनाइ प्रस्तुत गर्नुभएको थियो ।

सभामा प्रस्तुत भएका तिन वटै बिधेयक सभाका सम्पुर्ण सदस्यले हुन्छ भनि पास गर्नुभएको थियो ।गाउँसभाका सदस्य श्री दिपक लुइटेल र दुर्गा माया नेपालीले सभाको शुन्य समय लिएर आफ्नो बिषय प्रस्तुत गर्नुभएको थियो ।

सभाका सदस्य लुइटेलले बोल्नुहुदै जनताका गुनासा सुन्ने गुनासा समिति बन्नुपर्नेमा जोड दिनुभयो यस्तै उहाँले जनतालाई सरकारको हरेक कामको सुशुचित गराउनुपर्ने बताउनुभयो । यस्तै सभाकी सदस्य श्री दुर्गा नेपालीले दलित सशक्तिकरण ऐनको मस्यौदा माथि छलफल तथा सभामा टेबुलिङ नभएकाले आपत्ती जनाउनुभएको थियो । शुन्य समयको जवाफमा पालिका अध्यक्ष राजमती इङ्गनामले अर्को हिउदे अधिवेशनमा पास गर्ने घोषणा गर्दै १४ औँ सभा सम्पन्न गर्नुभएको थियो अधिबेशनमा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी लगायत वडाध्यक्ष तथा गाउँकार्यपालिका सदस्यहरुको सहभागिता थियो ।