असाेज २९ साेमबार

माेरङकाे प्रसिद्ध धार्मिक स्थलकाे रुपमा चिरपरित संन्सारी माई मंन्दिरमा प्रदेश स्तरीय फुलपातीका वडाई तथा घटस्थापना देखि चण्डी पाठ परायण सुरु भएको छ ।
रंगेली वार्ड नम्वर ७ मा रहेको सो मन्दीरमा प्रदेश नम्वर १ सरकारले विजया दशमीको फुलपातीका दिन प्रदेश स्तरिय वडाई गर्ने थालेपछि अझै सन्सारी माई प्रति सबै भक्तजनहरुकाे आस्था समेत बडिरहेकाे छ । अहिले मंन्दिरमा ११ जना ब्रह्माण्ड हरु द्वारा चण्डी पाठ सहित रात्री कालीन समयमा झाँकि सहित कार्यक्रम सुरु भएको छ ।
पंडित कृष्ण प्रसाद काेईराला बाट महात्मा कथा बाचन समेत गरिरहेका छन । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरु द्वारा भजन कृतन गर्नुका साथै झाकी समेत प्रस्तुत गरेर भक्त हरुलाई मनाेरञ्न समेत गराउन सुरु गरि गरिन्छ । ४ गते फुलपातीका दिन मन्दिरमा प्रदेश सरकार का मुख्यमंत्री , मन्त्री, तथा अन्य मंन्त्रि हरुकाे समेत सहभागी हुनु भएको छ । फुलपाती वडाईका लागी मन्दिर व्यवस्थापन समितिले मन्दिर सजावट समेत गरिसके काे मंन्दिर समिति का अध्यक्ष संन्जिव श्रेष्ठले बताए ।
प्रदेश नम्बर १ कै मुख्य शक्तिपीठको रुपमा रहेको सो मन्दिर दर्शन गर्नेका लागी नेपालमात्र नभई भारत का बिभिन्न ठाउँबाट समेत ठुलो सहभागिता हुदै आएको छ । फुलपाती का दिन करिव पाँच हजार भन्दा वढि भक्तजन सहभागी हुने अपेक्षा रहेकाे समिति का सह सचिव ईश्वर पाेख्रेल ले बताए ।