पथरी समाचारदाता,
असाेज-२९ गते

मोरङको पथरीशनिश्चरे-१ पथरी बजारमा विश्व प्रचलित नेपाली युवाहरुमाझ अत्याधिक प्रख्यात मोटरसाइकल तथा स्कुटर ब्राण्ड यामाहाले आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ ।
आज सोमबार प्रमुख अतिथि MAW Group of Companies का CEO श्री राजु क्षेत्री तथा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको हातबाट उद्घाटन गरिएको हो। नेपालमा सबैभन्दा विश्वासिलो र लोकप्रिय कम्पनी भएका कारण यामाहा ब्राण्ड सदैव आम ग्राहकहरूको माग र आस्था पूर्तिका खातिर सजग र तत्पर रहदै आएको जनाएको छ।
देशभरका ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने चुनाैतीलाई आत्मसाथ गर्दै विश्वस्तरिय संरचना मार्फत गुणस्तरीय सेवा प्रवाहमा १०९ स्थानबाट अनवरत लागिपरेका छौं । उक्त अवसरमा यामाहा आफ्ना ग्राहकवर्ग र शुभचिन्तकहरूप्रति सदैव निष्ठावान् र प्रतिबद्व रहेको जानकारी दिइएकाे थियो। देशभर १०४ डिलर र ८ वटा शाखा शोरूमबाट वर्षौंदेखि सेवा प्रदान गर्दै आएको यामाहाले आफ्नो नयाँ शोरूम PMC Auto Traders Pvt. Ltd पथरी बजारमा खोल्न सफल भएको बताईएको छ।
पिएमसी अट्टो ट्रेड्स प्रालिका प्रोप्राइटर मान बहादुर श्रेष्ठले सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नं १ का वडाध्यक्ष भीम कुमार राई लगायतका विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो। सो प्रालिका प्रोप्राइटर श्रेष्ठले पूर्व-पश्चिम राजमार्गको उत्तरी मोरङ खण्डमा अवस्थित सो शोरुमले सकेसम्म धेरै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन हुने विश्वास दिलाए। यस नयाँ शोरूमले अन्य शोरुममा जस्तै आधुनिक प्रविधि “एफ. अई स्टेसन” मार्फत बाइक तथा स्कुटरहरुको हेल्थ कार्ड मार्फत प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गरिनेछ । साथै यहाँदेखि सेल्स, सर्विस र स्पर्स पार्ट्सका सेवाहरू पुर्ण गुणस्तरका साथ लिन सकिने आश्वस्त पारे।