कानेपाेखरीकाे गाउँ पालिकालाई पहिलाे कर तिर्ने वन जनजागृती सामुदायिक वन उपभोक्ता समुह ।थारु पाेर्टल

Spread the love

असोज ३० । कानेपोखरी

मोरङकाे कानेपोखरी  वडा न ५ मा रहेकाे जनजागृती सामुदायिक वन उपभोक्ता समुहकाे   २२ औं साधारणसभा सम्पन्न भएकाे  छ ।

वन उपभोक्ता समुहकाे अध्यक्ष भोजराज श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र आगामी वनको भावि रणनीतिबारे र चालु आर्थिक वर्ष ०८०/०८१ को अनुमानित आम्दानी ६३ लाख ८५ हजार ४ सय ५ रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।

कोषाध्यक्ष ईन्द्रकुमारी लिम्बुले आर्थिक वर्ष ०७९/८० को कुल ६८ लाख २ हजार ९ सय ५२ रुपैयाँको आयव्यय सार्वजनिक गरेकी  थिइन । साधारणसभामा लेखा समितिका एक सदस्य छत्रबहादुर विश्वोकर्माले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समुहले हरेक वर्ष प्रदान गर्दै आएको जेहेन्दार छात्रवृत्ति यस वर्ष पनि मैनावारी आवि र जनता आविका ४-४ जना विद्यार्थीहरुलाई जनही २५ सय रुपैयाँका दरले प्रदान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पालिका अध्यक्ष राजमती इङ्नामले जनजागृति वनले धेरै प्रगति गरेको बताइन् । जनजागृती वन समयमै कर तिर्नेमा कानेपोखरी भित्रका वनहरुमध्ये पहिलो रहेको सुनाइन । यस वनले आगामी दिनमा गर्ने हरेक सकारात्मक कामहरुमा पालिकाले साझेदार गर्दै जानेमा प्रतिबद्धता समेत व्यक्त गरिन । उनले भनिन,’कानेपोखरीको हरेक सामुदायिक वनहरुले जैविक वातावरणको संरक्षण गर्नुका साथै ग्रामीण समुदायको जिवनस्तर उकास्न कार्य गरिरहेको छ’ । सम्पूर्ण गरिबी निवारण र सामाजिक विकास निर्माणका कार्यहरु गर्दा स्थानिय सरकारसँग समन्वय र सहकार्य गरेर कार्यक्रमहरु संचालन गर्न सो वनलाई उपाध्यक्ष इङ्नामले अनुरोध समेत गरिन।

कार्यक्रमलाई सम्बोधन गर्दै सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख मोहम्मद अलाउदिन, सामूदायिक वन महासंघ कोशी प्रदेशका सचिव रेणुका दाहाल, ५ नम्बर वडा अध्यक्ष चरण गुरुङ लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख मोहम्मद अलाउदिन, सामुदायीक वन केन्द्रिय महासंघ सदस्य अग्नि पौडेल, सामुदायिक वन महासंघका कानेपोखरी अध्यक्ष नवीन राई लगायतको उपस्थिति रहेको थियो।

यस वनले ०८०/८१ को वार्षिक कार्ययोजना अन्तर्गत आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न कानेपोखरीदेखि जहदा जाने बाटोलाई टिकटक रोड नामाकरण गरि सञ्चालन गर्ने, सामाजिक कार्य अन्तर्गत स्वास्थ्य र शिक्षा क्षेत्रलाई उचित प्राथमिकता दिने लगायतका विकासोन्मुख योजनाहरु अघि सारेको छ ।

यस जनजागृति वनले हाल ३३६.७८ हेक्टर क्षेत्रफल ओगटेको छ भने जैविक विविधतालाई जोगाउँदै समुदायको स्तर उकास्ने प्रयास पनि गरिरहेको छ ।भने पालिकालाई कर तिर्ने पहिलाे वनकाे रुपमा समेत रहेकाे  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *