पथरी समाचारदाता,
कार्तिक -१ गते

माेरङ्गकाे पथरीशनिश्चरे नगरका वडा नम्बर ४ का ७,९ र ८ का २५ घरपरिवारलाई विपन्न परिवारको दशैँ मनाउन सहयोग प्रदान गरिएको छ। हाल पथरीशनिश्चरे १० जिरीखिम्ती घर भई हाल अमेरिकामा बस्दै आएका दीपेन्द्र दाहालको अगुवाईमा नगरका आर्थिक विपन्न २५ परिवारलाई नगद सहयोग प्रदान गरिएको हो। कबीर ज्ञानोदय सामाजिक केन्द्र अमेरिकाका को ‘गरिब बिपन्नहरुको घरमा दशैं’ कार्यक्रम अन्तरगत संस्थाका कार्यकारी अध्यक्ष दीपेन्द्र दाहाल र संस्थापक रूद्र आचार्य सहितको सहयोगमा पथरी शनिश्चरेका २५ परिवारलाई ५ हजारका दरले सहयोग प्रदान गरिएको छ ।
सहयोगकर्ता मध्येंका दाहाल स्वयं उपस्थित भइ वडा नम्बर ४ का ७, १० का ६, ९ का ३ र ८ का २ घरपरिवारलाई सो सहयोग प्रदान गरिएको छ । दशैंमा आर्थिक समस्या भएका परिवारमा पनि खुसी आओस् भनेर असक्त, सहाराविहीन समेत अवस्थाका ज्येष्ठ सहितका स्थानीयलाई सहयोग गरिएको दाहालले जानकारी दिएका छन् । ४ नम्बर वडाध्यक्ष लोककिरण न्यौपाने सहितको सहभागितामा सहयोग वितरण गरिएको थियो । अध्यक्ष न्यौपानेले त आफ्नो वडाका १ परिवारलाई ५ हजार रकम बराबरको सामग्री नै किनेर दिन आफैंले काँधमा बोरामा चामल बोकेर घरमा पुर्याइदिएका थिए । यसैबीच, जिल्लाको कानेपोखरी ४ घर भई हाल हङकङमा रहेका पत्रकार, युवा समाजसेवी अनोज रोक्काले दशैंको अवसरमा कानेपोखरी ४ पिङ्डाँडास्थित प्रगतिशील सेवा समाज क्लबलाई १५ सेट फुटबल जर्सी, १२ सेट मोजा, १ सेट क्याप्टेन ब्याज प्रदान गरेका छन् ।