भारतीय ड्रिम कार BR 06 PA 1362 नम्बरकाे गाडिमा लुटपाट गर्ने आएका ६ जना मध्ये एक जनालाई स्थानीयले गाउँमा घेरा हालेर पक्राउ।थारु पाेर्टल

Spread the love
कार्तिक ४ शनिबार
माेरङकाे धनपालनथा २ स्थित पिपल चाेक बाट हतियार सहित एक जना पक्राउ परेका छन ।
गए राति भारतीय ड्रिम कार BR 06 PA 1362 नम्बरकाे गाडिमा लुटपाट गर्ने आएका ६ जना मध्ये एक जनालाई स्थानीयले गाउँमा घेरा हालेर पक्राउ गर्ने सफल भएका छन ।
पक्राउ पर्नेमा सर्लाहि जिल्ला हरिनगरपुर घर भएका २८ बर्षका रबिन्द्र यादव लाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएका छन । प्रहरीले उनकाे साथ बाट एक थान कटुवा पेस्ताेल र त्यसमा लाग्ने ३ थान गाेली समेत फेला परेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक बुद्धिराम चाैलागाईले बताए । थप लुटेरा हरुकाे खाेजि कार्य समेत भई रहेको उनलेे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *