संन्सारी माई र काली मंन्दिर मा फुलपाती वडाई सम्पन्न ।थारु पाेर्टल

Spread the love
कर्तिक ४ शनिबार
रबिन्द्र बराल
माेरङकाे प्रसिद्ध धार्मिक स्थलकाे रुपमा चिरपरित संन्सारी माई मंन्दिरमा प्रदेश स्तरीय फुलपातीका वडाई कार्यक्रम सम्पन्न भएको छ । रंगेली वार्ड नम्वर ७ मा रहेको सो मन्दीरमा प्रदेश नम्वर १ सरकारले ६ बर्ष अगाडि विजया दशमीको फुलपातीका दिन प्रदेश स्तरिय वडाई गर्ने निर्णय गरेपछि फुलपाती वडाइका लागी मन्दीर व्यवस्थापन समितिले फुलपाती बडाई कार्यक्रम सम्पन्न गरेको छ ।
मन्दिरमा प्रदेश सरकाका प्रदेश प्रमुख केदार कार्कीकाे प्रमुख अथितिमा कार्यक्रम भएको थियोे । कार्यक्रमकाे विशिष्ट अथिति याेगेन्द्र मंण्डल ,ऋिषिकेश पाेख्रेल, नगरप्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , संन्सारी माई मंन्दिर का अध्यक्ष सन्जिव श्रेष्ठ, सचिव ईश्वर पाेख्रेल, नेपाल प्रहरी ,सससत्र प्रहरी प्रमुख ,नेपाल आर्मी का प्रमुख , युवा नेता ओशिम आलम, स्थानीय दिपेन्द्र थापा लगायत काे समेत उपस्थित रहेको थियोे । फुलपाती बडाईमा विभिन्न संस्था का प्रतिनिधि , विभिन्न भेषभुषा सहितकाे झाकी, लाखे नाच , दमाई बाजा, राजवंशी भेषभुषा, सन्थाल नाच लगायतकाे टाेली हरुकाे समेत सहभागी समेत रहेको थियोे ।
संन्सारी माई मन्दिर बाट डाेली सहित फुलपाति लिएर रंगेली ६ स्थित पव्लिक उच्च माध्यमिक बिधालय नजिकैमा रहेकाे बेल काे रुखमुनी बिधिवत पुजा गरेर उक्त रुखमा रहेकाे जाेडि बेलमा पुजापाठ गरेर रुखाम लिस्नाे काे माध्यम बाट बेल काटेपछि बिधिवत रुपमा फुलपाती भित्र्याएकाे हाे । साेहि क्रममा रंगेली नगरपालिकाले रंगेली काे मुख्य बजार मा रहेकाे काली मंन्दिर मा समेत फुलपाती बडाई कार्यक्रम सम्पन भएकाे छ । फुलपाती बडाईमा रंगेली , सुनवर्सि, रतुवामाई , धनपालथान र कानेपाेखरी गाउपाली का लगायत भारत बाट समेत भक्त जन हरु काे सहभागीता रहेकाे थियोे । प्रदेश नम्बर १ कै मुख्य शक्तिपीठको रुपमा रहेको सो मन्दिर दर्शन गर्नेका लागी नेपालमात्र नभई भारत का बिभिन्न ठाउँबाट समेत ठुलो सहभागिता हुदै आएको छ । प्रदेश १ को राजधानी विराटनगर देखी २२ कीलोमिटर पुर्व चिसांग खोलाको किनारमा रहेको मन्दीरमा घटस्थापनादेखी विजया दशमीको टिका सम्म भव्य पुजापाठ तथा भजन कृतनको समेत आयोजना हुने गरेको छ ।
नवरात्र भरी १० दिन सम्म मन्दीर भित्र दुइदर्जन व्राहम्णहरुले चन्डि पाठ परायण समेत गर्ने गर्देछन । झण्डै एकसयवर्ष पुरानो सो मन्दिरलाई मन्दिर व्यवस्थापन समितिले व्यवस्थीत वनाए पछी विगत १५ वर्षदेखी मन्दिरमा प्रत्येक दिन वोका वली चढाउन र पुजा गर्न ठुलो संख्यामा भक्तजन हरु आउने गरेका छन ।
साे मंन्दिर मा नवरात्र भित्रमा भाकल गरे ९ दिनमा मनोकामना पुरा हुने मंन्दिर का आचार्य कृष्ण प्रसाद भट्टराई ले बताए । फुलपातीका दिन विहान ८ वजे मन्दिर परिसरवाट नेपाली सेना , नेपाल प्रहरी, सशत्र प्रहरी, तथा विभिन्न जाती समुदायका नृत्य झाकी सहित राई , लिम्वु, मगर , सन्थाल उराव तथा झागड समुदायले गर्ने लोक नृत्यले सवै लाई आकार्षण बनाएका थिए । फुलपाती देखि नवमी सम्म संन्सारी माई मंन्दिर र काली मंन्दिरमा विहानदेखी विराटनगर, इटहरी, धरान तथा झापा मोरङ, सुनवारीवाट भक्तजन दर्शनका लागि सहभागी हुने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *