थारु कल्याण कारीणी सभा विराटनगरले विजया दशमी ,तिहार (सुखराईत )छठ पर्वकाे अवसरमा थारु दाैड ,विद्यार्थी, थारु कर्मचारी पुरस्कार तथा सम्मान कार्यक्रम २०८० गर्दै । थारु पाेर्टल

Spread the love

कार्तिक।९ कानेपाेखरी 

विद्यानन्द चाैधरी 

थारु कल्याण कारीणी सभा विराटनगरले विजया दशमी ,तिहार (सुखराईत )छठ पर्वकाे अवसरमा थारु युवा युवतीहरुकाे लागी खुल्ला दाैड प्रतियाेगिता कार्तिक १८ गते थारु कल्याण कारीणी सभा  विराटनगर वडा न २ काे तिन पैनी चाेकमा रहेकाे थारु कल्याण कारीणी सभाकाे भवन बाट माेरङ्गका थारु युवा युवतीहरुकाे लfगी  सडक दाैड प्रतियाेगाकाे आयाेजना हुने भएकाे छ ।  

उक्त दाैडमा १सय जना पुरुष र ५० जना महिला सहभागीता गराउने लक्ष्य रहेकाे जानकारी थारु कल्याण कारीणी सभा विराटनगरका सचिव विरेन्द्र प्रसाद चाैधरीले  थारु पाेर्टललाई  जानकारी  गराउनु भयाे ।   दाैड ५ किलाे मिटरकाे रहने छ भने जसकाे लागी १६ वर्ष देखी ३० वर्ष सम्मका थारु युवा युवतीले मात्र सहभागी हुन पाउने नियम वनाएकाे छ । दाैडमा सहभागी हुनकाे लागी रु १सय सहभागिता दस्तुर तिरेर मात्र भाग लिन पाउने छ । दाैडकाे लागी विरेन्द्र प्रसाद चाैधरी ९८४२२६५३५२ र विश्वनाथ माझी ९८४२०५२६६९मा सम्पर्क गर्न सक्नु हुन्छ । 

थारु विद्यार्थी पुरस्कार तथा सम्मान  ।।।

यसै अवसरमा  थारु विद्यार्थी पुरस्कार तथा सम्मान कार्यक्रमकाे समेत आयाेजना गरेकाे छ ।जसकाे लागी २०८०सालकाे एस ई ई तथा स्नातक परीक्षामा माेरङ्ग जिल्लाबाट वढी अँक ल्याइ उतिर्ण हुने थारु छात्र ३जना  छात्रा ३ जनालाई  पुरस्कार तथा सम्मानकाे कार्यक्रम समेत रहने जानकारी  अध्यक्ष विद्यानन्द माझीले जानकारी गराउनु भयाे । 

रक्तदान कार्यक्रम ।।।

उक्त दिन रक्तदान कार्यक्रमकाे समेत आयाेजना हुने भएकाे ले ईच्छुक महानुभाव वा दाता हरुले रगत दिएर सहयाेग गरिदिन हुन समेत आग्रह गरेकाे छ । भने माेरङ्ग जिल्ला भरी रहेका थारु कर्मचारीकाे विवरणकाे समेत माग गरिएकाे छ । भने राष्ट्र सेवक  वहालवाला र पुर्व कर्मचारीहरुलाई समेत सम्मानकाे कार्यक्रम रहेकाे छ भने माेरङ्ग जिल्लाका पुर्व थारु कल्यान कारीणि सभाकाे सभापतीहरुलाई  समेत सम्मानकाे कार्यक्रम  रहेकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *