पथरीशनिश्चरे, कात्तिक -०९
अर्जुन काफ्ले

चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट शुक्रवार वाट सुरु हुँदैछ ।
पथरी रंगशालामा हुने उद्घाटन खेल तेश्रो संस्करणको विजेता सात बाघ र रोयल किङ्ग बिच हुनेछ । पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट समितिले आयोजना गरेको प्रतियोगितामा पथरीशनिश्चरे नगरभित्रका ७ बटा फ्रेन्चाइज क्लवबिच प्रतिष्पर्धा हुनेछ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता कार्तिक २५ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ३१ हजार रुपयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ७१ हजार १सय ११ रुपयाँ प्राप्त गर्ने छ ।