पथरी, समाचारदाता ,
कार्तिक -१० गते

माेरङ्गकाे पथरीशनिश्चरे प्रिमियर लिग क्रीकेटको चौथो संस्करण शुकबारबाट सुरु भएको छ । उदघाटन खेलमा साबिक बिजेता सात बाघ माथी रोयल किङ संग ३४ रनको पराजित भएको छ ।

टस हारेर ब्याटिङमा उत्रीएको रोयल किङले २० ओभरमा ८ बिकेट गुमाएर १सय३४ रन बनायो । रोयलका लागि शिवम यादबले नट आउट ३७ बनाउदा महेश कार्कीले २७ रन बनाए । यस्तै संन्जय प्याक्राले १७ रन बनाए । सातबाघ लागी फिर्दोस अन्सारीले ४ बिकेट लिदा अस्विन महतले ३ बिकेट लिए । १सय३५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको सात बाघ १७ ओभर ५ बलमा अल आउट हुँदै १सय रनमा समेटियो । सातबाघका लागि फिर्दोस अन्सारीले २६, अस्विन महतले २५ र पुकार राईले १७ रन बनाउन बाहेक अन्य खेलाडिले दोहोरो रन जोडन सकेन्न । रोयलका शिवन यादब , राज बस्नेत , दिवस राजबंशी र सुवास भण्डारीले समान २-२ बिकेट लिए । खेलको म्यान अफ दि म्याच रोयलका शिवन यादब घोषित भए ।

पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्वापोले प्रतियोगिताको उदघाटन गरेका थिए। नगरका ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको प्रतियोगिता कार्तिक २५ सम्म सञ्चालन हुने छ ।