धिमाल मोर्चाको अध्यक्षमा तारिलाल,  महासचिवमा प्रकाश धिमाल   पूर्ब अध्यक्ष नगेन्द्र भन्छन ‘हामी पनि किराती हौ’ ।थारु पाेर्टल

Spread the love
कार्तिक।१२।
नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । शनिबार उर्लाबारी—३ स्थित, धिमाल जातीय बिकास केन्द्रको सभाहलमा भएको भेलाले अध्यक्षमा तारिलाल धिमाल, उपाध्यक्षमा कबिराज धिमाल, नरेन्द्र धिमाल, खगेन्द्र धिमल, शान्तिदेवि धिमाल, गंगाराज धिमाल, रत्निमाया धिमाल र महासचिवमा प्रकाश धिमाल सर्वसहमत चयन भएका छन् ।
त्यसैगरी सचिवमा अनिल धिमाल, कोषाध्यक्षमा गणेश धिमाल, सदस्यहरुमा भगतराम धिमाल, हरिलाला धिमाल, दिलबहादुर धिमाल, टिकाराम धिमाल, बिनोद धिमाल, सन्तोष धिमाल, वृषजंङ्ग धिमाल, हरि धिमाल, दिनेश धिमाल, आशबहादुर धिमाल र कुमारी धिमाल चयन भएका छन् । भेलाले सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश धिमालको साथै नगेन्द्र धिमाल, भिष्म धिमाल, सुर्यबहादुर धिमाल, रवनबहादुर धिमाललाई भेलाले चयन गरेको छ ।
हामी पनि किराती नै होः नगेन्द्र भेलाको प्रमुख अतिथि संविधान सभाको सदस्यसमेत रहेका पार्टीको केन्द्रीय अनुशासन आयोगको सदस्य नगेन्द्र धिमालले गणतन्त्र, संघीयताको रक्षा र बिकासको लागि धिमाल समुदाय सक्रीय हुनुपर्ने बताए । धिमाल मोर्चा किराती राष्ट्रिय मोर्चामा रहदा सो संगठनको उपाध्यक्ष रहेको सम्झाउदै नगेन्द्र धिमालले धिमालहरु किराती भएको बताए ।
धिमाल मोर्चाको पूर्ब अध्यक्षसमेत रहेका धिमालले खस, आर्य समुदायको विद्धानहरुले समेत किरात एउटा जाति नभएर सभ्यता, इतिहास, भूगोल भएको स्वीकार गरेको बताए । उनले परिस्थितिले किरात, धिमाल र लिम्बू मोर्चा फरक फरक भएपनि आफूहरु किराती नै भएको बताएका छन् । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कोचिला मुक्ति मोर्चाको अध्यक्ष ममता ताजपुरिया, पार्टी प्रदेश समिति सचिवालय सदस्य समेत रहेका आदिबासी÷जनजाति संयुक्त मोर्चा प्रदेश अध्यक्ष प्रेम मिभक, किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन जम्नेली राई, आदिबासी÷जनजाति संयुक्त मोर्चा केन्द्रीय सचिवालय सदस्य खगेन्द्र धिमाल कराते महासंघ मोरङका उपाध्यक्ष ईन्द्र लामा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कोशी नाम खारेजी आन्दोलनमा सहभागीहुन आव्हान बक्ताहरु अर्जुन जम्नेली राई र प्रेम मिभकले कोशी नाम खारेजीको आन्दोलनमा धिमाल समुदायको व्यपक सहभागिता जनाउन धिमाल समुदायलाई आव्हान गरेका छन् । कोशी नाम भारतीय कौशिक नाम गरेको व्यक्तिको नामबाट राखिएको कोशीले प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व नगर्ने भएकोले खारेजी गर्नुपर्ने बक्ताहरुको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *