पथरी समाचारदाता-
कार्तिक।१३ गते

सातबाघलाई २८ रनले पराजित गर्दै क्लासिक एलाभेन हसन्दहले माेरङ्गकाे पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ ।

आइतबार भएको खेलमा सातबाघ पराजित हुँदा हसहन्दले पहिलो जित दर्ता गरेको हो । टस हारेर ब्याटिङ गरेको हसन्दहले निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १सय ७८ रन बनायो ।
जसमा अनुप श्रेष्ठले अर्धसतकिय पारी खेले । उनले अबिजित ८५ रनको योगदान गरे । सबिन धमलाले ४८ र दिपक पासवानले १३ रन बनाए । सातबाघका फिर्दोस अन्सारी, सिदार्थ धिमाल र आयुस अधिकारीले १-१ बिकेट लिए ।

१सय ७९ रनको लक्ष्य लिएर मैदान उत्रिएको सात बाघले २० ओभरमा ७ बिकेट गुमाएर १ सय ५० रन बनायो । पवन जैसवाल ४६ रन बनाएर आउट भए । अनिस लुइटेलले २८ र फिर्दोस अन्सारीले २५ रन बनाउन बाहेक अन्य ब्याष्टमेन चल्न सकेनन । हसन्दहका अनुप श्रेष्ठ्ले २ बिकेट लिदा बुद्धराज मगर बिजय राउत सन्जिव धिमाल र सन्जय मुर्मुले १-१ बिकेट लिए ।
नट आउट ८५ रन सहित २ बिकेट लिएका अनुप श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।