पथरी समाचारदाता,
कात्तिक -१५ गते

माेरङ्गकाे पथरीशनिश्चरेमा जारी चाैथाे संस्करण प्रिमियर लिग अन्तर्गत बिरेन्द्रनगरको दोश्रो जित हसन्दह पराजित बिरेन्द्रनगर स्टिल टाइगरले लगातार दोश्रो जित दर्ता गर्दा क्लासिक एलाभेन हसन्दहको हारको शृङ्खला कायम रह्यो । बुधबारको खेलमा बिरेन्द्रनगर सँग १० रनले पराजित बन्दा हसहन्दलाई प्लेअप खेल्न कठिन भएको छ ।

अघिल्ला दुइ खेलबाट फर्म देखिएको बिरेन्द्रनगरले हसन्दहलाई १सय १४ रनको मध्यम लक्ष्य दिएको थियो । १ सय १४ रन बटुल्न मैदान उत्रिएको हसन्दहले १९ ओभर ५ बलमा सबै बिकेट गुमाएर १०३ मात्रै बनाउन सक्यो । हसन्दहका सन्जय मुर्मुले २१ निधित राईले २० र अनुप श्रेष्ठले १८ रन जोडन बाहेक अन्य ब्याष्टमेनले दोहोरो अंकको रन जोडन सकेन्न उसलाई सस्तैमा समेटन बिरेन्द्रनगरका नेल्सन दंगालले ३, सुदिप चौधरीले २ र सुरज न्यौपाने , रेवत थक्सु र साइमन दुलालले १-१ बिकेट लिए ।

त्यस अघि टस जितेर ब्याटिङ गरेको बिरेन्द्रनगरका रेवत थक्सु अर्धसतक बनाउन १ रनले चुके । रन आउट भएका थक्सुले ३ छक्का र ४ चौकाको मद्धतले ४९ रन जोडे । आकाश खत्रीले २१ र निशान ढकालको १३ रनको मद्दतले २० ओभरमा सबै बिकेट गुमाएर १सय १३ रन बनायो । हसहन्दका अनुप श्रेष्ठले ३, सन्जय मुर्मुले २ र सुजन खत्री, बुद्ध आले मगर , बिजय राउतले १-१ बिकेट लिए । खेलको म्यान अफ दि म्याच बिरेन्द्रनगरका रेवत थक्सु घोषित भए ।

पहिलो खेलमा रोयल किङलाई १० बिकेटले हराउदै गोर्खा लिजेण्डले अपराजित यात्रा कायम राखेको छ । ३ खेल मै जित निकालेको गोर्खाले रोयलको अपराजित यात्रालाई ब्रेक गरेको छ । रोयल माथि १० बिकेटको सनसनी जित निकाल्दा गोर्खाका बलरहरुले कसिलो बलिङ गरे । १९ ओभर २ बलमा अल आउट भएको रोयल जम्मा ६३ रन जोडन सक्यो । ३ ओभर बलिङ गरेका गोर्खाका रमेश राउतले १९ रन खर्चेर ३ बिकेट लिए ।

रोयलका एन्जल राईले ३१ रन बनाउन बाहेक अन्य ब्याटमेनले दोहोरो अंकको रन जोडन सकेन्न । एन्जलले २ छक्का र २ चौका प्रहार गरे । गोर्खाका फडिन्द्र पौडेल, आभास पाहिम र ज्ञानेन्द्र श्रेष्ठले समान २-२ बिकेट लिदा कुमार खडकाले १ बिकेट लिए । गोर्खाले बिना बिकेट क्षतीमा ६ ओभरमै लक्ष्य भेटायो । राज पालुङा ले ३६ र योगेस श्रेष्ठ २२ रन बनाए । खेलको म्यान अफ दि म्याच रमेश राउत घोषित भए । बिहिबारको पहिलो खेलमा आइतबारे अस्त्र र बुद्ध युनाइटेड भिड्दा दोश्रो खेलमा गोर्खा लिजेन्ड र सात बाघ प्रतिस्पर्धा गर्ने छन् ।