सानाे परिवार सबै काे मृत्यु भए पछि किशाेन चिन्तित ।।थारु पाेर्टल

Spread the love
कार्तिक १६ बिहीबार
रबिन्द्र बराल
माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित डेरामारीमा १० धुर जग्गामा बसाेवास गर्दे आईरहेका किशाेन हाँस्दा अहिले आफ्नो सानाे परिवार नै ५ महिनाकाे अबधिमा सखाप भएपछी चिन्तित मुद्रामा बसि रहेका छन । २४ बर्षका किशाेन ले २०७३ साल मा रतुवामाई १ स्थित नारायण डाँडा बस्दै गरेकी पार्वती संग सामाजिक परम्परा बाट विवहा बन्दनमा बाँधिएका थिए ।
उनकाे बिवहा पच्चात चार जाना दाजु भाइ मध्येका उनी साईला छाेरा समेत भएको र बिवहा गरेकाे केही महिना भित्रमा आमा शान्ति हाँस्दा संग बस्न नसकेर साेही ठाउँमा सानाे घर बनाएर बस्दै आईरहेका थिए । परिवार काे जिम्मेवारी थपिदै गएपछि उनी परिवारलाई पालनपोषण गर्ने समस्या भए पछि उनी भारत तिर काम गर्ने समेत गए ।
उनी भारतमै काम गरिरहेकाे समयमा उनलाई परिवार बाट १३ महिना कि कान्छी छाेरी आस्था काे घरमा रहेको जाड बनाउने भाडाेमा डुवेर मृत्युु भएकाे खवर पाएपछि उनी छाङा बाट झरेझै भएका थिए । छाेरीकाे मृत्यु उनी भारत बाट काम छाडेर घरमै आएर बस्न थाले समय बित्दै गयाे छाेरी काे आत्मालाई भुलाउने प्रयास गरिरहेका थिए ।
कार्तिक ११ गते उनी घान काटनका लागि जनमजदुरी गर्ने बिहानै ९ बजे घर बाट हिडे र काम सकिए पछि उनी १२ बजे खाना खानाका लागि उनी घर आईपुगे हातमुख धाेएर घर भित्र पस्ने क्रम्मा उनले श्रीमती पार्वती र जेठ्ठा छाेरा डेविड घरकाे ढाेका नजिकैमा रहेको बाँसमा सलकाे पासाेमा दुबैजान एउटै डाेरीमा देखेपछि आफू छाङ्गा बाट खसेकाे किशाेनले बताए । उनलेे भने अहिले आफ्नो घरमा बस्न नसकेर आमा संग बस्दै आईरहेकाेमा र काम गर्ने समेत जान आफू नसकेकाे र परिवार काे मात्रै सम्झनाले सताई रहेकाे र आफुलाई खान लाउन समेत समस्या परेको उनले भावुक हुदै बताए । उनलेे घर बनाउन २ कठ्ठा जग्गा समेत आफ्नै आमा संग ३० हजार रुपैयाँ मा खेत बन्दगीमा राखेर घर समेत बनाएकाे र त्याे ऋण तिर्ने  नसकेर खेत समेत आफुले गर्ने नपाएको काेशाेन ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *