मिक्लाजुङ्गमा बन्यो नेपालकै पहिलो उल्टो घर ।थारु पाेर्टल

Spread the love
सनम रोक्का
कानेपोखरी, कार्तिक १६ ।
नेपालमा पहिलोपटक उल्टो घर बनेको छ । मोरङको उत्तरपूर्वि भेगमा रहेको मिक्लाजुङ्ग गाउँपालिका ३ निसेलुङमा उल्टो घर बनेको हो । मिक्लाजुङ्ग गाउँपालिका पर्यटकीय हिसावले प्रदेशकै एक उत्कृष्ट गन्तव्य मानिन्छ ।
केही प्रतिशत भू-भाग पहाडको काखमा रहेको यस पालिकामा खुडी, मिक्लाजुङ्ग डाँडा, चुलीपोखरी, मिक्लुबेतेनी लगायतका ठाउँहरु घुम्न योग्य रहेका छ्न । यसैबिच, हालै सञ्चालनमा आउँन लागेको निसेलुङ फर्न पार्क पनि अर्को एक पर्यटकीय गन्तव्य बनेको छ । यस पार्क भित्र उल्टा घर, फाउन्टेन, भ्यूटावर, पिरतीको गाउँ, बाल उद्यानका सामग्री लगायत निर्माण गरिएको छ । यस पार्कका बारेमा बताउँदै निसेलुङ फर्न पार्क प्रालिका सञ्चालक इन्द्रमणी भट्टराईले मिक्लाजुङलाई देश तथा विदेशमा पर्यटकीय रुपमा यसको प्राकृतिक सुन्दरतालाई परिचीत गराउन यस पार्कको सुरुवात गरेको बताए ।
उनले भने, ‘ हालसम्म करिब १ करोड खर्च भइसकेको र निर्माण पूरा हुँदासम्म अनुमानित १ करोड ५० लाख खर्च हुने आंकलन गरेका छौँ । उनले थपे, ‘उल्टो घर यसभन्दा अघि थाइल्यान्ड, भारतका केहि स्थानमा निर्माण भइसकेको र हामीले पनि युट्युवमा हेर्यौ र त्यहीँ कन्सेप्टलाई साभार गरेर यस ठाउँमा पनि उल्टा घर निर्माण गरेका हौं’, उल्टो घर निर्माण गर्न हामीले ६० लाख खर्च गरेका छौं’ ।
निसेलुङ क्षेत्रमा भ्यूटावर मात्र निर्माण गर्न भनी निसेलुङ पर्यटन एवं प्रर्वद्धन समिति अघि बढ्ने क्रममा आर्थिक अभावका कारण १० वर्षे लिजमा निसेलुङ प्रालिलाई हस्तान्तरण गरि आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न सुरुवात गरेको समितिका एक सदस्य प्रवेश मिभकले बताए । मिसेलुङ फर्नपार्क कार्तिक १९ गते उद्घाटन हुने संचालन समितिले जानकारी दिए ।
मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले उद्धघाटन गर्ने पनि समितिले बताए । यस पार्कमा रहेको भ्यूटावरबाट उर्लाबारी, लेटाङ, दमक, पथरी शनिश्चरे पालिका, मिक्लाजुङ्गका सम्पूर्ण वडाहरु नियाल्न सकिनेछ । मोरङको उर्लाबारीदेखि मधुमल्ला हुँदै टाँडी पुगेपछि करिब १ किलोमीटर पुर्व लागेपछि सुन्दर निसेलुङ पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *