भरौल,

बराहक्षेत्र मिडिया प्रा.लि.को व्यानरमा झुम्काको थ्री डी म्याजिक हलमा वडा दशै, दिपावली, छैठ, लोसार साथै नेपाल सम्वत ११४४ को पावन अवसरमा नेपाली थारु कथानक चलचित्र “सजनी तोहर बिन” को प्रिमियर सो प्रदर्शन भएको छ ।
बराहक्षेत्र मिडिया प्रा.लि. का अध्यक्ष प्रदिप बास्मैतको सभाध्यक्षता र थारु चलचित्र तथा साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष,निर्देशक प्रशुराम चौधरीको प्रमुख आतिथ्य, नेपाल पत्रकार महासघ केन्द्रिय सदस्यले फिल्मको औपचारिक कार्यक्रम राखि प्रदर्शन गरिएको थियो। म्याजिक हलमा प्रदर्शन गरिएको फिल्म हेर्न पहिलो दिनमै दर्शकले राम्रो साथ दिएका थिए ।

यो फिल्मले गाउँ घर नगरमा घटि रहेको विकृति कुरिती प्रथा साथै अहिलेको युवा पुस्ता कुलतमा फसी अकालमै ज्याने भएकोले समाजलाइ सही दिसामा ल्याउन फिल्मको माध्यम द्वारा परिवर्तन गर्न सकिन्छ की भनेर सचेत चौधरीको कथा वस्तुमा यो फिल्म निर्माण भएको हो । आश थारुको निर्देशन रहेको फिल्ममा डेबुय गरेकी मोडल सुजु चौधरीले नायिका र नायक सचेत चौधरी रहेका छन् ।


पट कथा साथै हास्य कलाकार पान्डव चौधरीले गरेको फिल्ममा सम्पादक, द्वन्द तथा फिल्मको गितमा रचना समेत सरोज चौधरीको रहेको छ । यो फिल्मा नेपालको पर्यट्कीय क्षेत्र रामधुनी, बराहक्षेत्र, उदयपुर, सङ्खुवासभाको तिन जुरे साथै मोरङ्ग लगायतका ठाउँ सावन चौधरीले छायांकन गरेको सह – निर्माता कृष्ण चौधरीले बताएका हुन् ।
सह निर्मता कृष्ण चौधरीलाइ यो फिल्ममा मुख्य खलनायककाे भुमिकामा छोटा डनले चिनिएको छ, प्रदीप बासमैत ( नायकको दाजु ) ललीता चौधरी ( हिरोको भाउजू ), पाण्डव चौधरी ( हास्य कलाकार ), सानु विसवास ( नायीका सपोर्ट रोल ), पुजा, रोशनी, भुवन, हरि नारायण, नेहा, आकृति, सम्झना, शिव शङ्गकर, मायाराम, निरज, रोहन, प्रमोद, सकुनतला, रोहन, आनन्द, विनोद, सन्जय, अञ्जली, वविता र जेसीका चौधरी लगायत कलाकारहरु राम्रो प्रस्तुति देखिन्छ। निर्माता प्रदिप बासमैत भन्छन्, ” प्रिमियर सोमा दर्शकको राम्रो साथ सहयोगले मलाई भावुक बनायो । अहिले चलचित्र निर्माण भएता पनी देशको जर जर अवस्थाले हो या चलचित्र पत्री नकारात्मक असरले होला दर्शक हरुलाइ हल सम्म तान्न निकै गाह्रो भएको दु:ख पोखेका थिए ।
निर्माता पक्षले जुन मेहनत लगानी गरेको हुन्छ त्यो सोचे अनुरुप न हुँदा अहिले चलचित्र क्षेत्र सङ्गकनामा रहेको मिडिया कर्मीहरुलाइ प्रतिक्रिया दिएका थिए । बासमैत भन्छ – दर्शकहरूले आफ्नै घर भित्र को कथा पाउनेछ । यस अर्थमा यो फिल्म समाजको ऐना हो।”चाड पर्व लाई लक्षित गरेर यो फिल्म प्रदर्शन गरिएको फिल्म कार्तिक १५ र १६ गते प्रदर्शन हुने बासमैतले बताए । नेपाल सरकारले फिल्म क्षेत्रलाइ हेर्ने नजर जव सम्म सहि हुदैन नेपालको फिल्म क्षेत्र माथी उस्कन नसक्दैन नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य तथा निर्देशक समाज नेपालको सचिवालय सदस्य भीषणले बताए । स्थानीय सरकारले सवै क्षेत्रमा आर्थिक सहयोग गर्न सक्दा झन चलचित्र समाजका ऐना भएकोले निर्मताको हौसला अनी परिवर्तनका निम्ति बजेट मै सिधै आर्थिक विनियोजन गर्नु पर्ने प्रिमियर सोमा आफ्नो मनतव्य राखेका थिए ।
कलाकारहरुलाइ उच्च मुल्यांकन गरी २१ जनलाइ कदर पत्रले संमान थारु कथानक चलचित्र “सजनी तोहर बिन” प्रिमियरसाे कार्यक्रममा २१ जनालाई कदर पत्र तथा सम्मान पत्रले कलाकारहरुको उच्च मुल्यांकन गरी दोसल्लाले संमान गरेको थियो । नायक सचेत चौधरी, पटकथा कलाकार पाण्डव चौधरी, निर्देशक आश थारु, मुख्य खलनायक कृष्ण चौधरी, सम्पादक तथा रचनाकार सरोज चौधरी, गायक क्रमशः प्रकाश माझी, दिपक चाम्लिङ राइ र रोजिना चौधरी गरी ८ जनालाई कदर पत्र तथा उदयमान १४ जना कलाकार दोसल्लाले बराहक्षेत्र मिडिया प्रा. ली. का अध्यक्ष तथा सभाध्यक्ष निर्मता प्रदीप बासमैत र प्रमुख अतिथि थारु माहानायक, थारु चलचित्र तथा सास्कृतिक सघका केन्द्रिय अध्यक्ष तथा निर्मता निर्देशक परशुराम चौधरीले कलाकार तथा सङ्गितकार गायक हरुलाइ संमान गरेको थियो ।
प्रमुख अतिथि महानायक निर्मता परशुराम चौधरीले केन्द्र, स्थानीय सरकारले कलाकारहरुको लागी बेग्लै पाठन शाला अभ्यास तालीमको व्यवस्था बजेट विनियोजन गर्यो भने दर्शकले राम्रो कलाकार पाउने आफ्नो प्रमुख अतिथिको मनतव्य राखेका थिए । फिल्मले देश परिवर्तन गर्न अहम् मुख्य भुमिका रहेकोले सोही अनुरुप बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । फिम्लमा प्रवेश अर्नु अगाडि कलाकारहरुले फिम्ल क्षेत्रको विषमा अध्यन अभ्यास अनुसन्धान गरेर कलाकार, निर्माता निर्देश कुनै क्षेत्रमा हात हाल्दा सफल हुने र दर्शकले समेत राम्रो फिम्ल पाउने बताए । अहिले धेरै लय लयमा लागेर फिम्ल क्षेत्रको मोह जागेको देखिन्छ जस्ले गर्दा निर्मता निर्देश कलाकारहरु विना ग्यान प्रवेश गर्दा फिम्ल स्थर खस्केको प्रमुख अतिथि चौधरीले बताए ।