पथरी,समाचारदाता,
कात्तिक-२० गते

चौथो संस्करणको माेरङ्गकाे पथरीशनिश्चरे प्रीमियर लिग क्रीकेटको सोमबारको खेलमा बुद्धका बलर सौरव बस्नेतले एक्लै ५ बिकेट लिदा साविक विजेता सात बाघले निराशाजनक लिग अन्त्य गरेको छ ।बुद्धले सातबाघलाई ६३ रनले पराजित गर्यो । २सय ६ रनको लक्ष्य लिएर मैदान उत्रिएको सातबाघ १९ ओभर ३ बलमा १ सय ४२ रनमा अल आउट भयो । सातबाघका हेमन्त बानियाले ३७ अनिश लुइटेल ३० र अस्विन महतले २५ रन बनाए । सौरब बाहेक सुधिर बस्नेतले २ राकेश राई, रितुराज गुरुङ र समिर कार्कीले समान १-१ बिकेट लिए । टस जितेर ब्याटिङ गरेको बुद्ध युनाइटेडले २० ओभरमा ६ बिकेटको क्षतिमा २ सय ५ रनको बिशाल योगफल तय गर्यो । राकेश राई र भुपेन राईले अर्धसतकीय पारी खेले । राकेश राई ५० रनमा आउट हुदा भुपेनले ५६ रन बनाए सतिस यादबले २८ रन बनाए ।

सात बाघका अस्विन महतले ३ दिप बस्नेतले २ र पुकार राईले १ बिकेट लिए । ५ बिकेट लिएका सौरब म्यान अफ दि म्याच भए । दिपेश भण्डारीको प्रेरणादाई प्रर्दशनमा आइतबारे अस्त्रले क्लासिक एलाभेन हसन्दहलाई ८२ रनले पराजित गर्यो । यो जित संगै आइतबारे अस्त्रले अपराजित यात्रालाई निरन्तरता दिएको छ । आइतबारेले दिएको २ सय १० रनको लक्ष्यलाई पछ्याएको हसहन्द २० ओभरमा ९ बिकेट गुमाउदै १ सय २७ रनमा रोकियो । हसहन्दका लागी बिजय राउतले ३९ सन्जिव धिमालले २४ र सन्जय मुर्मुले १२ रन बाहेक अन्य ब्याष्टमेनले दोहोरो अंकको रन बनाउन सकेन्न ।
आइतबारेका दिपेश भण्डारीले ४ विकेट लिदा मोहम्मद निशारले ३ दिपक नेपाली र अभिषेक बिकले समान १-१ विकेट लिए । त्यस अघि टस जितेर ब्याटिङ गरेको आइतबारेले २० ओभरमा ७ बिकेट गुमाएर २सय ९ रनको लक्ष्य दिएको थियो । जसमा सुवास रोयले ११ छक्काको मद्धतले ७१ रन बनाए । दिपेश भण्डारीले ५० रन बनाए । मोहम्मद निशार १९ रन बनाउदा रन आउट भए । हसहन्दका सन्जिव धिमाल र अनुप श्रेष्ठले समान २ -२ बिकेट लिदा अनुप खत्री र बिजय राउतले १-१ बिकेट लिए । खेलको म्यान अफ दि म्याच आइतबारेका दिपेश भण्डारी घोषित भए । लिग चरणको अन्तिम खेल मंगलबार हुने छ । रोयल किङ र आइतबारे अस्त्र एक आपसमा भिड्ने छ्न । रोयल अन्तिम खेल जितेर कम्तीमा क्लालिफायर खेलमा आइतबारे संगको भेट निश्चित गर्न चाहन्छ भने आइतबारे लिगका सबै खेल जितेर अपराजित यात्रालाई कायम गर्न चाहन्छ ।
आजको खेल सँगै आइतबारेले एक खेल अघि नै लिग लिडरका रुपमा क्लिफायर खेल्ने निश्चित गरेको छ । रोयलको भने इलिमेटरमा बिरेन्द्रनगर सँग वा आइतबारे संगै क्लिफायर खेल्ने तय मंगलबारको खेलले तय हुने छ । रोयलले जितेमा इलिमेटरमा गोर्खा लिजेन्ड र बिरेन्द्रनगर स्टिल टाइगरले इलिमेटर खेल्ने छ्न । बुधबार दुवै खेल हुने छ्न । २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा यस पटक ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।