धिमाल राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रिय कार्यालय कानेपोखरी ५ मा  ।थारु पाेर्टल

Spread the love

कानेपोखरी, कार्तिक २१ ।

नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रिय कार्यालय कानेपोखरीमा स्थापना भएको छ ।
सोमबार एक औपचारिक कार्यक्रमका बिच प्रमुख अतिथि माओवादी केन्द्रको केन्द्रिय सदस्य एवं कोशी प्रदेशको पुर्व उपसभामुख शारदा पोख्रेलले कानेपोखरी ५ डुम्रेघाटमा सो कार्यालयको उद्घाटन गरेकी हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शारदा पोख्रेलले धिमाल समुदाय आदिम कालदेखि उत्पीडनमा पर्दै आएको र यस्ता विषयहरुलाई कम गर्दै उद्यमशीलता तर्फ अघि बढाउन राष्ट्रिय मुक्तिमोर्चा कमिटी लागिपर्नुपर्ने बताइन् ।

कार्यक्रममा धिमाल राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष कविराज धिमाल, अखिल नेपाल किसान महासंघ कानेपोखरी सचिव चुडामणी भारती, धिमाल जातीय विकास केन्द्रका पदाधिकारी, नेकपा (माओवादी केन्द्र) कानेपोखरी पार्टी कमिटी पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन धिमाल राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय महासचिव प्रकाश धिमालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *