कार्तीक।२३।कानेपाेखरी
कानेपोखरी गाउँपालिका र महिला पुनःस्थापन केन्द्र(ओरेक)विराटनगरको आयोजनामा आज बुधवारबाट नि:शुल्क एकीकृत महिला स्वास्थ्य
र स्व:हेरचाह मेला तथा स्वास्थ्य शिविर संचालन भएको छ । कानेपोखरी ३ हरकपुर स्थित बाल माविमा सुरु भएको शिबिर कार्तिक २२ र २३ गते २ दिनसम्म चल्ने छ ।
शिबिरको उत्घाटन सत्रमा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम,कार्यपालिका सदस्य पदम कुमारी कार्की , साउनी माझी , शुसिला श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो भने शिविरमा प्राबिधिक सहयोग परिवार नियोजन संघ विराटनगर रहेको थियो । शिबिरमा सिनियर गाइनो डा. ऋतु चौधरी लगायतको टिमले पहिलो दिनमै ४१ जनालाई सेवा प्रदान गर्नुभएको छ ।