कार्तीक ।२४।कानेपोखरी

कानेपोखरी गाउँपालिका र महिला पुनःस्थापन केन्द्र(ओरेक)विराटनगरको आयोजनामा २ दिने नि:शुल्क एकीकृत महिला स्वास्थ्य र स्व:हेरचाह मेला तथा स्वास्थ्य शिविर विहिबार सम्पन्न भएको छ ।


शिविरमा प्राबिधिक सहयोग परिवार नियोजन संघ विराटनगर रहेको थियो भने शिबिरमा सिनियर गाइनो डा. ऋतु चौधरी लगायतको टिमले ५६ जनालाई सेवा प्रदान गर्नुभएको छ । चेक अप गर्ने ५६ जना मध्ये पाठेघर खसेको २१ जना रिङ राखेको ९ जना र १ जना को क्यान्सर को शंका भएकाले काठमाण्डौ रेफर गरिएकाे छ भने बाकी को यौन तथा प्रजनन समस्या भएकोले औषधि दिएको थियाे ।
७ जना लाई डा ले विराटनगर बोलानुभएको छ ।

यस्तै ३ जना जेष्ठ नागरिक आमाको अप्रेशन गर्नुपर्ने तर प्रेसर सुगर ले गर्न नदिएको डा चौधरीले बताउनुभयो । शिबिरको उत्घाटन सत्रमा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम,कार्यपालिका सदस्य पदम कुमारी कार्की , साउनी माझी , शुसिला श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो भने समापन समारोहमा उपाध्यक्ष भोला प्रसाद अधिकारी न्यायिक समिती सदस्य दुर्गा नेपाली लगायतको उपस्तिथि थियो । कार्यक्रम बाल मा बि हरकपुरमा आयोजना भएको थियो ।