पथरीमा घरेलु तथा साना उद्योग महासंघको दोस्रो चुनावी साधारण सभामा सेरामिक कलालाई विश्वमाझ चिनाउने कलाकार सरोजा खड्गी सम्मानित ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता
कार्तीक।२४।गते
मोरङ्गको पथरी शनिश्चरेमा नेपाललाई विश्वमाझ ललित कला तथा मूर्तिकला ( सेरामिक) को माध्यमबाट चिनाउनु हुने सरोजा खड्गीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ।
आज पथरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पथरी घरेलु तथा साना उद्योग महासंघ नगर कार्य समितिको दोस्रो चुनावी साधारण सभामा वरिष्ठ चित्रकार खड्गी सम्मानित हुनु भएकी हुन्। पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वपोले उद्योग वाणिज्य संघ र यो घरेलु तथा साना उद्योग महासंघ नगरमा संगसंगै मिलेर उद्योगी र उत्पादकहरूको हितमा सदैव काम गर्न सुझाव दिए। त्यसको लागि नगरपालिका सधैं तत्पर रहेको बताए। सोही क्रममा वडा नं ०१ का वडा अध्यक्ष भीमकुमार राईले घरेलु तथा साना उद्योग महासंघनगर समितिसित मिलेर जाने जनाउदै यस क्षेत्रको समस्या समाधान गर्न आफू तयार रहेको बताए।
नेपाल घरेलु तथा साना उधोग महासंघको पथरीशनिश्चरे नगर कार्य समितिका अध्यक्ष गुरू प्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको सोहि कार्यक्रममा राष्ट्रिय माहुरी पालन संघकी केन्द्रीय अध्यक्ष तथा घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय सदस्य जानुका थापाले घरेलु तथा साना उधोग महासंघका पदाधिकारीहरुलाई स्थानीय सरकारको समन्वयमा आवश्यक बजेट विनियोजन गराउन र आवश्यक औजारहरू वितरण तथा सहयोग पुर्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरे।
त्यस्तै, स्थानिय सरकार र माथिल्लो तहसित समन्वय गरेर घरेलु तथा साना उद्योग महासंघले पथरीमा उत्पादन सित सम्बन्धित विभिन्न गतिविधिहरू सञ्चालन गर्नुभएको छ। त्यस्तै, मोरङको जिल्ला अध्यक्ष चेतन निरौलाले स्थानीय सरकारको समन्वयमा उद्योग वाणिज्य संघ मिलेर विभिन्न घरेलु उद्योग सम्बन्धि औजारहरू पाईने र कार्यक्रमहरू विनियोजन गर्ने निर्णायक तहमा पहुँच बढाउन सकिने सुझाए। वरिष्ठ उपाध्यक्ष एवम् वडा नं ०७ का वडाध्यक्ष उद्धव बस्नेतले स्वागत मन्तव्य राखेका थिए।
सोहि कार्यक्रममा कोषाध्यक्ष प्रेम सुवेदीले एक लाख ८९ हजार रुपैयाँ कोभिडको संक्रमण समयमा सहयोग पुर्याएको उल्लेख गर्दै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त साधारण सभाले पुनः अध्यक्षमा गुरू प्रसाद दहाल निर्वाचित भएका छन्।
बन्द सत्रबाट ११ जना नयाँ कार्यसमितिको चयन भएको हो। जसमा समितिको पहिलो बैठकले ४ जना थप्ने गरी ७ जना कार्य समितिको चयन गरेको छ। साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष – सावित्रा राज भण्डारी , उपाध्यक्ष -प्रेम सुवेदी , महासचिवमा ( पछि बैठकले थपिने), सचिव -सुनील खत्री, कोषाध्यक्ष -भरत भण्डारी तथा सदस्यहरूमा क्रमशः-घनश्याम गिरी, सुधीर गुप्ता, कृष्ण बहादुर श्रेष्ठ, लगायतका सदस्यहरू निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *