मलेसिया, नोभेम्बर १२
थारु कल्याणकारीणि सभा मलेसियाको आयोजनामा दिपावली शुभकामना आदानप्रदान कार्यक्रम मणिराम चौधरीको अध्यक्षतामा मलेसियाको पेतालिङ जयामा सम्पन्न भयो।
दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रममा राखिएको थियो भने कार्यक्रममा लक्ष्मीजापुजाको दिन भए पनि ठुलै संख्यामा थारुहरुको उपस्थिति रहेको थियो । साथै नयाँ सदस्याता फारम पनि लिईने धेरै जना थिए ।
थारु कल्याणकारीणि सभाको सदस्यता अनलाईन मार्फत समेत लिन सकिने र सदस्याता शुल्क RM.30 मात्र लिईने समितिका पदाधिकारीहरुले बताउनु भयो । सदस्यता निरन्तर निष्क्रिय राख्ने भने प्रत्येक महिना RM.30 अनुदान दिनुपर्ने समेत बताउनु भयो । यश संस्थामा आवद्ध सदस्यहरुलाई कुनै पनि समस्या आई पर्दा संस्थाले हेर्ने, परिवारमा कुनै किसिमको अप्रिय घटना भैईपरी आएकोको खण्डमा संस्थाले ने.रु.३००००/- सम्म सहयोग गर्ने समेत पताउनु भयो । थारुहरुको स्तरउन्नतिका निम्ति विभिन्न किसिमका तालिमको व्यवस्था, थारुहरुको भासा, कला, संस्कृतीलाई देश बिदेशमा समेत झल्काउने अध्यक्ष मणिराम चौधरीले बताउनु भयो ।
साथै थारु कल्याणकारीणि सभा मलेसिया नयाँ क्षेत्रीय कार्य साथ समिती गठन समेत भएको छ ।
नयाँ कार्य समितीमा अध्यक्षमा भगत चौधरी, उपाध्यक्षमा मनोज माझी, महा-सचिवमा चन्दन चौधरी , सह- सचिवमा रन्जित चौधरी , कोसाध्यक्षमा सन्जय माझी , सल्लाहकारमा अरुण चौधरी, सदस्यहरू :- सुनिता थिङ चौधरी, जय नारायण चौधरी, अनिल चौधरी , पारस चौधरी त्यसै गरि दिनेश चौधरी रहेको छ भने ११ सदस्यीय समिति गठन गरिएको छ । त्यसै गरि कार्यक्रमको अन्तिममा क्षेत्रीय कार्य समितिका नव अध्यक्ष र उपाध्यक्षले आ-आफ्नो भनाई राख्दै दिपावलीको शुभकामना दिएका थिए।