कार्तिक।२७।कानेपाेखरी
मोरङको उर्लाबारी ४ वर गाछिमा लक्ष्मी पूजाकाे दिन न पसलमा आगलागी भएकाे छ। जसमा २७जना घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ ।घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो ।
स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी समेत घाइते भएका हुन् । आगलागी नियन्त्रणमा आएको र अरु विस्तृत विवरण सङ्कलनको काम भइरहेको डीएसपी दाहालले जानकारी दिनुभयो ।