Spread the love

पथरी शनिश्चरे

पुस २७/ पथरी

जेसीसले पद हस्तान्तरण, पुरस्कार तथा सम्मान समारोह एक कार्यक्रमको आयोजना गरेको छ। आज पथरीशनिश्चरे ०२ को सिन भिलेजमा पथरी जेसीसको १२ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आयोजना गरेको हो।

 

समारोहमा वर्ष ०२३ का निवर्तमान अध्यक्ष सुवर्ण खत्रीले वर्ष ०२४ का लागि नवनिर्वाचित अध्यक्ष राजकुमार विश्वकर्मालाई गोपनीयताको शपथ सहित अध्यक्ष पदको चेन हस्तान्तरण गर्नुभएको थियो। सोहि समारोहलाई संबोधन गर्दै प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष नवीन पोख्रेलले युवा जनशक्तिलाई सशक्तीकरण गर्दै समाज र राष्ट्रको अझै बढि समृद्धि प्राप्त गर्न नेपाल जेसीजको राष्ट्रिय एजेन्डा रहेको उल्लेख गर्नु भयो। कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। यसैक्रममा पथरीशनिश्चरे -०४ का वडा अध्यक्ष लोकनाथ न्यौपाने , वडा नं १० वडा अध्यक्ष जीवन खतिवडा , समाजसेवी तुलाराम अधिकारी र व्यवसायी राजेन्द्र बस्नेतलाई कदर पत्र सहित दोसल्ला ओढाएर मानार्थ सदस्यको सम्मान गरिएको थियो।

 

त्यस्तै, जेसीस गतिविधिहरुमा विशेष योगदान पुर्याएको भन्दै पत्रकार भूमि प्रसाद पाठकलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो। पथरी जेसीसकी प्रथम लेडिज दुर्गा तिम्सिना,जेसी नगेन्द्र घिमिरे, अम्मर नेपाली समेत पुरस्कृत भएका थिए। आजै निर्वाचन आयुक्तकी सचिव अनु राईले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गर्नु भएको थियो भने सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष राजकुमार विश्वकर्माले नव निर्बाचित कार्य समितिलाई पुर्णता पनि दिनु भएको थियो। निवर्तमान अध्यक्ष सुवर्ण खत्रीको अध्यक्षता तथा महासचिव अनुज घिमिरेको संचालनमा सम्पन्न भएको कार्यक्रममा संविधानको सभाका सभासद लाल बहादुर सुस्लिल मगर , पथरीशनिश्चरे नगरका पूर्व मेयर दिलिप कुमार राई, यूवा व्यवसायी प्रदीप राई , लगायतको उपस्थिति रहेको थियो।

Open photoOpen photo

Open photoOpen photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *