माेरङ्गकाे कानेपाेखरी  क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थाहरु तीन दिन विदा ।थारु पाेर्टल

Spread the love

माघ।३।कानेपाेखरी 

विद्यानन्द चाैधरी

माेरङ्गकाे कानेपाेखरी  क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था तीन दिन विदा दिने निर्णय गरेको छ ।अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै कानेपाेखरी गाउँपालिकाले हिउदे सँचित विदा सहित  माघ ३ आज ४ भाेली  र ५  गते सुक्रबार सम्म  विदा दिने निर्णय गरेको हो ।केही दिनयता कानेपाेखरी सहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ ।घाम समेत उदाएकाे देखीदैन ।केही सँस्थागत विद्यालयहरुले समेत २गते देखीनै जाडाेकाे विदा दिएकाे छ ।पुष २८गते देखि बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको ले वा विद्यार्थीहरुकाे स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८०/१०/०३ गतेदेखि २०८०/१०/०५ गतेसम्म बन्द गर्न निर्णय अनुसार जानकारी गराइन्छ’, कानेपाेखरी गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव द्धारा जारी सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *