थारु कल्याणकारीणि सभा (थाकस)  मोरङकाे  जिल्लाको अधिवेसन भाेली १० गते बुधबार हुदै ।

Spread the love

विराटनगर /माघ।९

थारु कल्याणकारीणि सभा (थाकस)  मोरंगकाे  जिल्लाको अधिवेसन भाेली १० गते बुधबार नै हुने भएको छ ।

नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा थारु कल्याणकारीणि सभा (थाकस) को जिल्ला सभापति पदका उम्मेदवार प्रदिप कुमार विश्वासले पत्रकार सम्मेलन मार्फत    जानकारी गराएको थियाे।

थाकस मोरंङले लेटर प्याड प्रयोग गरी माघ ७ गते प्रदीप कुमार भगत थारुले जिल्ला सभापतिको हैसियतमा निर्वाचन स्थगित गरिएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सो पत्र गलत भएको भन्दै भ्रममा नपरी निर्धारित समय अर्थात माघ १० गते नै निर्वांचन हुने भएकोले सम्पुर्ण थाकसका मतदाताहरु समयमै उपस्थित भई निर्वाचनमा आ–आफ्नो मतदान गर्न विश्वासले आह्वान समेत गरेका छन् ।

थाकस मोरंङकाे दशौं जिल्ला अधिवेशन २०८० असार ८ र ९ गते सम्पन्न भई निर्वाचनको लागि जिल्ला सभापति, पदाधिकारी, जिल्ला सदस्य र केन्द्रिय पार्सदहरुको उम्मेदवारी मनोनयन समेत भईसकेको थियो । समान्य विवादका कारण निर्वाचन रोकिएको थियो ।

थाकसका पुर्व पदाधिकारी, बुद्धिजीवी तथा उम्मेदवारी मनोनयन गराएका थाकसका सदस्यहरुको पुस १५ गतेको बैठकले माघ ५ गते बुधवारको दिन निर्वाचन गर्ने सहमती भएता पनि जिल्ला प्रशासन कार्यालय मोरंगको सल्लाह र निर्देशनले शान्ति सुरक्षाको कारण देखाई माघ ५ गते हुने निर्वाचन स्थगित गरी माघ १० गते बुधवार थाकस मोरंगको सभाहलमा निर्वाचन हुने निर्वाचन अधिकृत जयराम पंजियारले सूचना जारी गरेका थिए थाकसको निर्वाचन सम्वन्धमा निर्वाचन अधिकृत पंजियारले निर्वाचन स्थगित भएको कुनै पनि सूचना प्रकाशन भएको छैन । थाकसको निर्वाचन निर्धारित समय अर्थात माघ १० गते बुधवारका दिन विहान ११ बजे देखि बेलुकी ५ बजे सम्म हुने जानकारी गराएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *