राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बयरवन शाखाले मनायाे आफ्नो ५९ औं वार्षिकोत्सव ।जसमा ४जना भए सम्मनित ।थारु पाेर्टल

Spread the love

माघ।१०।कानेपाेखरी 

विद्यानन्द चाैधरी 

कानेपाेखरी गापा वडा न ४मा रहेकाे राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५९ औं वार्षिकोत्सव कार्यक्रम आज माघ १०गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बयरवन शाखामा  ‌औपचारीक कार्यगरेर सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कानेपाेखरी वडा न ४का वडा सदस्य प्रदिप राईकाे प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरेर समुदघाटन भएकाे थियाे भने शाखा प्रमुख विनाेद राईकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे भने ।अतिथीहरुमा रमाईलाे जनएकता साकाेसकाे अध्यक्ष सन्ताेष फुयल ,जनसेवा माबिका प्र अ प्रमाेद निराैला ,पुर्व प्रअ दामाेदर सिगदेल ,रमाईलाे वहुमुखी क्याम्पसका सहायक गँगाराम यादब लगायतकाे आतिथियता रहेकाे थियाे ।

उक्त अवसरमा  सर्वोत्कृष्ठ/उत्कृष्ठ बैंक सेवा पुरस्कार क्रमस दामाेदर सिग्देल, मनाेज थापा ,प्रशुराम खतिवडा र प्रभु शाहलाई सम्मान पत्रले स्वागत सम्मान गरेकाे थियाे ।  बेङ्कले विशेष गरी किसान ,व्यपारीहरुलाई सहज तरिकाले ऋण प्रवाह गर्नुकाे साटाे प्रविधी मैत्री बैङ्क भएकाे छ र बयरवन शाखामा चाडै ए टिम सेवा सुचारु हुने जानकारी समेत गराउनु भयाे  ।  राष्ट्रिय बाणिज्य बैंकले दिँदै आएकाे सेवाहरूकाे बारेमा बैंकका     शाखा प्रमुख विनाेद राईले आफ्ना विचार राखेका थिए भने कार्यक्रम सह प्रवन्धक पुजना उपाध्यकाे सँचालन रहेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *