नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन-२०२४ कार्यक्रम सम्पन्न ।थारु पाेर्टल

Spread the love

क्वालालम्पुर (मलेसिया)नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन-२०२४ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त    कार्यक्रम जनवरी २५ तारिख बिहिवार ग्रेण्ड कन्टिनेन्टल होटलमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन) को सभापतित्वमा सम्पन्न कार्यक्रममा   नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का केन्द्रिय अध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्यता रहेकाे थियाेभने  नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष बिपिन राई लगायत मलेसियामा स्थापित नेपाली ब्यावसायी , रेमिटेन्स कम्पनीका पदाधिकारी र विभिन्न राजनीतिक , सामाजिक संघसंस्थाका अध्यक्ष , पदाधिकारी हरुको  समेत आतिथ्यता र नेपाली श्रमिकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियाे।

इश्वर राईले संचालन गरेको उक्त अधिवेशन कार्यक्रमको संयोजन अर्पण मगरले गरेका थिए । अधिवेशन कार्यक्रमको पहिलो औपचारिक कार्यक्रमको समापन सभापति घनश्याम चौधरी (आरएन) ले घोषणा गर्नुभएको थियो । त्यस लगत्तै आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राईको संयोजकत्वमा दिल केरुङ लिम्बू , जीवन देवान गाउँले, सुन्दर आले सदस्य रहि निर्वाचन कमिटी गठन गरिएको थियो ।

k

सो निर्वाचन कमिटीले घोषणा गरे अनुसार फोनिज मलेसियामा १३ सदस्यी नयाँ कार्यसमिति निर्वाचित भएका छ्न । जसको अध्यक्षमा अर्पण मगर
उपाध्यक्ष घनश्याम चौधरी (आरएन थारु) , सचिव ईश्वर राई , सह-सचिव श्रष्टि सुनुवार , कोषाध्यक्ष मिलन दोङ् तामाङ , सदस्यहरुमा क्रमशः सविन लोप्चन तामाङ , जुद्दा चौधरी , सुर्या घर्ती मगर , सन्तोष थामी , यज्ञ कुमार राई , बिन्दु दर्लामी मगर , शाही कुमार तामाङ , सन्तोष राई निर्वाचित भएका हुन् ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि , विशेष अतिथि , अतिथि लगायतले फोनिज मलेसियाको अधिवेशनबाट निर्वाचित नव कार्यसमिति लाई बधाई तथा शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *