माेरङ CH ITF तेक्वान्दाेकाे जिल्ला अधिवेशन सम्पन्न साथै ४३जना खेलाडिहरुकाे ग्रेडिङ्ग ।थारु पाेर्टल 

Spread the love
माघ।२१।कानेपाेखरी 
विद्यानन्द चाैधरी 
माेरङ्गकाे कानेपाेखरी गाउँपालिकामा सँचालित कानेपाेखरी ITF तेक्वान्दाे हिजाेबाट माेरङ CH ITF तेक्वान्दाे  भएकाे छ । जसकाे एक औपचारीक कार्यक्रमबाट प्रथम जिल्ला अधिवेशन  ITF तेक्वान्दाेकाे सँस्थापक गुरु युवराज भुजेलकाे अध्यक्षतामा ११ जनाकाे समिति निर्माण भएकाे छ ।  उपाध्यक्ष -बिद्यानन्द चौधरी ,सचिब कला आले मगर, सह सचिब -राेषन भुजेल ,काेषाध्यक्ष-मिना भुजेल, सदस्यहरु -साेम बहादुर धिमाल, बिनाेद भुजेल,  गजेन्द्र धमला ,  देबराज राई  ,इश्वर भुजेल र मन्दिरा भुजेल लाई CH ITF तेक्वान्दाेका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा मगर तथा कार्यक्रमकाे प्रमुख अतिथी रमाईलाे जनसेवा मा वि का प्र अ प्रमाेद निराैलाले पद अनुसारकाे प्रमाण पत्र वितरण गरेकाे थिए ।
 अधिवेशनकाे साथ साथै खेलाडिहरुकाे समेत स्तर उन्नती  ४३जना ग्रेडिङ कार्यक्रम समेत भएकाे थियाे  ।जसमा ११जना ब्लाक बेल्ट २जना हाप बेल्ट २ जना रेड ५जना ब्लु ७जना ग्रीन ५जना स्टेप ग्रिन २ जना एल्लाे २जना २डन र १ जना ३डन गरी कानेपाेखरीका ४३जना खेलाडिहरुकाे स्तर उन्नती भएकाे छ ।
माेरङ CH ITF तेक्वान्दाेकाे जिल्ला अधिवेशन कार्यक्रम रमाईलाे जनसेवा मा विकाे प्राङ्गगनमा सम्पन्नभएकाे थियाे भने कार्यक्रम कानेपाेखरी ITF तेक्वान्दाेकाे काेषाध्यक्ष विद्यानन्द चाैधरीकाे अध्यक्षतामा भएकाे थियाे भने क्रार्यक्रमकाे प्रमुख अथितिभने विद्यालयका प्र  अ प्रमाेद निराैलाकाे प्रमुख आतिथियता रहेकाे थियाे भने विशिष्ट अतिथिहरुमा माेरङ्ग जिल्ला खेलकुद महासघ अध्यक्ष श्रवण कुमार ऋषिदेव CH ITF तेक्वान्दाेका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा मगर  राज कुमार वराल रमाईलाे जनएकता साकाेसकाे अध्यक्ष सन्ताेष फुयल नविन पाैडेल पत्रकारहरु दिनेश सुब्बा सनम राेक्का दुर्गेश खतिवडा लगायतकाे अतिथि रहेकाे थियाे । पत्रकार सनम राेक्काले अतिथिहरुलाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए भने कार्यक्रम युवराज भुजेलले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *