मोरङको कानेपोखरमा  सवारी दुर्घटनामा परी एक जनाको मृत्यु  दुई जना घाइते । थारु पाेर्टल

Spread the love

माघ।२२।कानेपोखरी ।

मोरङको कानेपोखरमा शनिबार भएका दुई सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।गए राति ९:२० बजे  पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानेपोखरी-७ मा टाटा पिकअप गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृतकको पहिचान भने खुलेको छैन ।पुर्व बाट इटहरीतर्फ जादै गरेको प्र ३-०१-०२४ च ७३७७ नम्बरको टाटा पिकअप गाडीले जंगलमा महिलालाई ठक्कर दिएको थियो ।

सोही स्थानमा पैदल हिँडिरहेकी अन्दाजी ४०/४५ वर्षीया उनलाई गाडीले ठक्कर दिएको थियो ।दुर्घटनामा उनको टाउकोमा चोट लागेपछि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथाट्रमा सेन्टर पठाइएको थियो ।

अस्पताल      ले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखेर मृतकको पहिचानको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक गणेश श्रेष्ठले बताए ।डिएसपी श्रेष्ठका अनुसार पिकअप र चालक सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ का ४५ वर्षीय मिलनकुमार राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

पिकअपको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।यस्तै, शनिबार साँझ साढे ६ बजेतिर कानेपोखरी-६ रमाइलो बजारमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना भएको थियो ।

कानेपोखरी-रंगेलीस्थित सडकखण्डमा कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको बा ४३ प ५०८४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका आमा-छोरालाई ठक्कर दिएको थियो ।तत्काल नामथर नखुलेको अन्दाजी २५/३० वर्षकी महिला र उनकै छोरा अन्दाजी पाँच वर्षीया बालकलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका दुवै जनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको पथरी प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार महिलाको पेटमा चोट लागेको छ भने बालकको शरीरको विभिन्न भागमा चोट लागेको छ ।

बालकको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ ।प्रहरी चौकी रमाइलोले मोटरसाइकल र मोटरसाइकल चालक कानेपोखरी-३ बस्ने ५० वर्षीय अछुतप्रसाद
दाहाललाई नियन्त्रणमा लिएको छ ।मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *