Spread the love
Open photoOpen photo
Open photoOpen photo
मुलुकको आर्थिक अवस्थाका कारण जनताको क्रयशक्ति घटेकाले दुधको विक्रि वितरणमा  व्यापक कमि आएको  उधोगले जनाएको छ । दर्वेसा, रंगेली तथा ववियार्विताका किसानालाई लक्षित गर्दै सो उधोग स्थापना भएको हो ।यस अघि एकजनाको परिवारले सो डेरीवाट दैनिक २ देखी ३ लिटर दुध खरिद गर्ने गरेकोमा अहिले त्यहि परिवार आधा लिटर मात्र दुध खरिद गदै आएको उहाको भनाई छ ।  लामोसमय देखि उद्योग  ले समयमा भुक्तानी नर्गर्दा किसान हरु समेत मारमा परेकाे कृषक हरु काे दुखेसाे रहेको छ  । नेपालमा दुध  तथा माछामासु पर्याप्त उत्तपादन भएपनि कमिसनको लोभमा डिडिसीले भारतवाट दुध आयात खुल्ला गरेपछि नेपाली किसान मारमा परेको मैनालीको भनाई छ । उहाले डिडिसीसंग पर्याप्त मात्रामा दध तथा दूग्धजन्य पर्दाथका खाद्यवस्तु ९० प्रीतशत भन्दा वढि मौजाद रहेको उहाको भनाई छ । सो उधोगमा ८ जना कर्मचारी कार्यरत रहेकोमा दुध विक्रि ठप्प भएपछि  केहि कर्मचारीलाई उधोगले विदा दिएको छ  ।
दुध संकलन तथा विक्रि वितरणका लागि मासिक २ लाख रुपैया वढि खर्च हुने गरेको उधोगले जनाएको छ । अहिलेको अवस्थामा खर्च भएको मासिक रकम समेत उठन नसकेकाले भोलीका दिनमा सवै कर्मचारीलाई विदा दिएर उधोग वन्दा गर्नुपर्ने अवस्था आउन सक्ने मैनालीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *