कानेपोखरी गाउँपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर ।थारु पाेर्टल

Spread the love

माघ,२७ ,कानेपोखरी । 

मोरङको कानेपोखरी गाउँपालिकाले पहिलो पटक सामुदायिक कुकुरको बन्ध्याकरण शिविर माघ २६ र २७ गते सम्म सँचालन हुदैछ । हिजाे पहिलाे दिन  सुरुभएको शिविरमा ४१ वटा भाले र २८ वटा पोथी गरी जम्मा ६९ वटा सामुदायिक कुकुरको बन्ध्याकरणकाे साथ साथै   । निःशुल्क रेविज विरुद्धको खोपपनि लगाईएकाे  छ ।

 

कुकुरको बन्ध्याकरण शिविर आज शनिबार समापन हुदै छ । गाउँ टोल टोलमा गएर कुकुर समातेर  ल्याएर गाउँपालिकाको प्राङ्गणमा बन्ध्याकरण गरिने कानेपोखरी गाउँपालिका पशु सेवा शाखा प्रमुख डम्बर राईले बताउनु भयाे । गाउँघरमा पालिएका कुकुरहरुलाई निःशुल्क रेविज बिरुद्धको खोप पनि लगाईएको थियो ।

बन्ध्याकरण शिविरमा भेटेरिनरी डा.सुवास चन्द्र चौधरी र डा. रिगबेन्द्र तिवारीले सहजिकरण गरेका छन् । कुकुरको बन्ध्याकरणको लागि नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी र नेपाल भेटेरिनरी एशोसिएसन १ नम्बर प्रदेशले प्राविधिक सहयोग गरेको छ ।

शिविरको गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, ६ नं. वडा अध्यक्ष खड्ग बस्नेतले पनि अनुगमन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *