नेपाल तामाङ घेदुङ कानेपोखरीले मनायो २८६० सोनाम ल्होछार। थारु पाेर्टल

Spread the love

माघ।२७।कानेपाेखरी

नेपाल तामाङ घेदुङ कानेपोखरीले २८६० सोनाम ल्होछार (डुक ल्हो)विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । रिन्छिन टाँसी छ्योलिङ बौद्ध गुम्बा कानेपोखरी ४ हात्तीडुब्बामा मनाएको हो ।

 

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रममा मौलिक ड्म्फु गित गाउदै नाच्दै उद्घाटन भएको थियो । कार्यक्रममा बोल्नुहुदै पालिका अध्यक्ष राजमती इङ्नामले कानेपोखरी आदिबासी जनजातिको थलो रहेको र यहाँ आदिमकाल देखि भुमी पुजा गर्दै आइरहेको जनाउनुभयो ।

 

उहाले यो चाड हामी सबैको रहेको र सबैजना मिलेर यसरी हरेक चाड मनाउनुपर्ने सन्देश दिनुभयो । यस्तै उहाले पालिकाले आदिवासिका भाषा र लिपिका लागि बजेट बिनियोजन गरेको भएपनी कोहि यसको लाभका लागि नआउनुभएको भन्दै गुनासो व्यक्त गर्नुभयो ।उहाले यस तर्फ पनि ध्यान दिन आग्रह समेत गर्नुभयो । सो कार्यक्रमको अध्यक्षता घेदुङ अध्यक्ष टेक ब गोम्देनले गरेका थिए यस्तै बिशिस्ट अतिथिका रुपमा वडा अध्यक्ष रमेश राउत अतिथिमा वडा सदस्य साउनी माझी,अबिन्द्र घिसिङ,जिल्ला घेदुङका तर्फबाट मित्रसेन योन्जन, आदिवासी जनजाती कानेपोखरी अध्यक्ष भोज वीर माझी,धिमालजाती बिकास केन्द्रका पालिका अध्यक्ष  राजकुमार धिमाल,युवा समाजसेवी सुशील राई,जग्गा दाता बिन्दु माया योन्जन लगायत अतिथी रहेका थिए ।

 

भने कार्यक्रम सन्चालन घेदुङ्का सचिव राम कुमार तामाङले गरेका थिए । कार्यक्रममा नाचगानको समेत आयोजना र सबैलाई उचित पुरस्कारको समेत व्यव्स्था गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *