विराटनगरको बरगाछीमा आज बिहान ट्रकको ठक्करबाट चौधरीको मृत्यु ।मृत्यु पछि ट्रकमा आगजनी थारु पाेर्टल

Spread the love

माघ।२८

विराटनगरको बरगाछीमा आज बिहान ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेन कुमार चौधरीको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै आक्रोशित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ ।

दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर–४ का प्रल्हाद रायसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही बेर कोशी लोक मार्ग अवरुद्ध बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी छेदीलाल कामत, वडा प्रहरी कार्यालयबाट डिएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट इन्स्पेक्टर सुमन न्यौपानेको नेतृत्वमा खटिएको संयुक्त टोलीले लोक मार्ग खुलाएको छ । अहिले लोक मार्ग सुचारु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *