Spread the love
चैत्र २७ मंगलबार
सुनसरीको वराहक्षेत्र नगरपालिका १ स्थित धार्मिक एवम् पर्यटकीय स्थल चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला सुरु भएको छ ।
मेलामा राष्ट्रपति रामचन्द्र पौडेल ले महाकुम्भ मेला उदघाटन गरेका छन । महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने भएको छ । हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२–१२ वर्षको अवधिमा कुम्भ मेला लाग्ने गरेको छ ।
बिश्वकै सबैभन्दा ठूलो मेलाको रुपमा परिचित रहेको छ । कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतकाे समेत उपस्थित रहेको थियोे । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवा हरुकाे समेत सहभागिता रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *