Spread the love

मोरङको कानेपोखरी ४ क्याम्पाघाटमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धमधम आवास निर्माण कार्य सुरु भएको छ । कानेपोखरी गाउँपालिका, ह्याविट्याट फर ह्युमानिटि नेपाल र साहारा नेपाल बिचको त्रिपक्षिय साझेदारीमा निर्माण कार्य सुरु भएको हो । पालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी,कार्यपालिका सदस्य वडा सदस्य एवम टोलका १२ जना अन्तर्राष्ट्रिय सहयोगी दाताहरूको उपस्तिथीमा श्रमदान गर्दै निमार्ण कार्य सुरु भएको छ ।

क्याम्पाघाटमा बसोबास गरिरहेका १५ दलित र आदिवासी परिवारका लागि १५ वटा आवास निर्माण भै रहेको पालिका अध्यक्ष राजमती इङ्गनामले बताउनुभयो । “एउटा गरिबलाई उसको घर अगाडी बाटो पिच भएर हुन्न उसको पहिलो आवश्यकता सुरक्षित घरमा बस्न पाउनु पनि हो । त्यसलाई नै अहिले हामी फोकस गरी रहेका छौ ।’’ उहाँले भन्नुभयो ।“ एक्लैले मात्र यो कार्य सम्भव पनि थिएन । त्यसैले त्रिपक्षिय सहकार्यमा यो काममा लाग्यौ । आगामि दिनमा पनि सहकार्यको आसा रहेको ब्यक्त गर्नुभयो ।’’

यस्तै पालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी सुरुवाती चरणमा नै यस ठाउँमा बनाउन खोजे पनि प्राविधिक कारणले ढिला भएको बताउनुभयो । उहाँले यो ठाउँमा पहिला ओडने ओछाउने समेत नभएको गरिब वस्ती रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रय दाताहरूको भुमिकामा आउनुभएका विदेशी श्रमदाता पाहुनालाई श्रमदानको बारे जनचेतना समेत फैलाउनुभएकोमा खुसि ब्यक्त गर्नुभयो । श्रमदाता पाहुना सो स्थानमा ५ दिन सम्म रहि आवास निर्माणमा श्रमदान गर्नेछन र यहाँका अनुभवबाट थप सहयोग जुटाउन उहाँहरूका भुमिका रहने कुरामा अशाबादी रहेको बताउनु भयो ।

४ कोठा, १ शौचालय, १ भान्सा घर सहितको १५ घर बन्न लागेको हो ।कानेपोखरी गाउपालिकाको १ करोड , साहारा नेपाल माफर्र्त ह्याबिटेट फर ह्युमानिटी नेपालको ४० लाख गरी कुल १ करोड ४० लाख रुपैया लागतमा १५ वटा समेत जम्मा २८ वटा घर हाल निर्माण हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *