Spread the love

मलेसियन पर्व हरि रायको अवसरमा गोर्खाली फुटबल क्लब, मलेसियाद्वारा आयोजित दोस्रो गोर्खाली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जेबि युनाइटेड फुटबल क्लबले जितेको छ ।

मलेसियन शहर बाटु पहाट रंगशालामा भएको फाइनल भिडन्तमा जेबि युनाइटेडले आयोजक गोर्खाली एफसीलाई टाईब्रेकरमा हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने जेबि युनाइटेडले गोर्खालीमाथि ४–३ को जित निकाल्दै चयाम्पियन बन्यो ।

प्रतियोगिताको विजेता बनेको जेबि युनाइटेडले उपाधिसहित नगद २५ हजार मलेसियन रिंगेट हात पार्यो भने उपविजेता गोर्खालीले १० हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

नेपाली समुदायका क्लबहरु बीच आयोजित दुई दिने प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *