Spread the love

बैशाख। १।कानेपोखरी।

मोरङकाे कानेपोखरी २ दलेलीमा रहेको बाल संसार इङ्लिस बोर्डिङ स्कुलले  चैत्र २९ गते  १४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एव्म पुरस्कार वितरण कार्यक्रम भव्य रुपले  मनाएको छ ।

 विद्यालय परिसरमा विविध कार्यक्रमको आयोजना गरि विद्यालयले आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको हो ।

३५०जना विद्यार्थीहरु अध्ययनरत यस विद्यालयले सो अवसरमा वर्षभरि विद्यालयले गरेका   विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी भइ प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने र शैक्षिकसत्र २०८० मा कक्षागत प्रथम, दोश्रो र तेस्रो हुने बालबालिकाहरुलाई पुरस्कार मेडल  स्टेसनरी प्रमाणपत्र विद्यालय शिक्षक, अभिभावक, अतिथी लगायतले दिएका  थिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक तथा हाँस्य नृत्य, पहिचानसँग जोडिएका प्रस्तुतिहरु, गायन साथै अतिथि कलाकारहरुको प्रस्तुतिले दिनभर मनोरञ्जन प्रदान गरेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल राजेन्द्र भण्डारीले विद्यालयको तर्फबाट विद्यार्थीहरुलाई सधैं गुणस्तरीय शिक्षा प्रदान गरिदैं आइएको र आगामी दिनहरुमा पनि विद्यार्थीको सर्वाङ्गिण विकासमा विद्यालय परिवार एकजुट भएर लाग्ने कुरा व्यक्त गरे ।

त्यसैगरी, विद्यालय संस्थापक एवं शिक्षक विद्यानन्द चौधरीले आफ्नो कुरा राख्दैं विद्यार्थी, अविभावक र समाजको रुचिलाई मध्यनजर गरेर प्रविधिमैत्री शिक्षालाई जोड दिने बताए । उनले भने,’ हामी परिवर्तित समयको मागअनुसारको बदलिँदो समयसँगै वैज्ञानिक र व्यवहारिक शिक्षालाई अबलम्वन गर्दै जानेछौं ।

Open photo

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष याेगेन्द्र भणडारीकाे अध्यक्षतामा समपन्न भएकाे थियाे भने  वडा न २का वडा सदस्य भिम व कार्कीकाे विशिष्ट अथिति एन प्यापसन माेरङ्ग जिल्ला अध्यक्ष नारायण ढकालकाे समेत विशिष्ट अथितियता रहेकाे कार्यक्रममा

जेिनथ ई स्कुलका स‌स्थापक दिनेश सुब्बा कालिस्थान नमुना ई स्कुलका प्रिन्सिपल निर्मल फुयल राधा कृष्ण मन्दिर दलेलीका अध्यक्ष नेत्र वस्नेत मास्टर भिजनका गणेश पाेख्रेल लगायतका अथितिहरु रहेकाे थियाे ।

कार्यक्रममा अथितिहरु तथा अभिभावकहरुलाई विद्यालयकि शिक्षिका स‌गिता खनालकाे स्वागत मन्तव्यले स्वागत गरेका थिए भने शिक्षिकाहरुले समेत राष्ट गितमा नृत्य देखाएर समेत स्वागत गरेका थिए ।  सो कार्यक्रममा अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी,  विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *