Spread the love

मोरङकाे कानेपोखरी २ कालिस्थानमा रहेको कालिस्थान नमुना इङ्लिस बोर्डिङ स्कुलले  चैत्र ३० गते  १६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एव्म पुरस्कार वितरण कार्यक्रम भव्य रुपले  मनाएको छ ।

 विद्यालय परिसरमा विविध कार्यक्रमको आयोजना गरि विद्यालयले आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको हो ।

३२०जना विद्यार्थीहरु अध्ययनरत यस विद्यालयले सो अवसरमा वर्षभरि विद्यालयले गरेका   विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी भइ प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने र शैक्षिकसत्र २०८० मा कक्षागत प्रथम, दोश्रो र तेस्रो हुने बालबालिकाहरुलाई पुरस्कार मेडल  स्टेसनरी प्रमाणपत्र विद्यालय शिक्षक, अभिभावक, अतिथी लगायतले दिएका  थिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक  नृत्य, पहिचानसँग जोडिएका प्रस्तुतिहरु, गायन कराते  साथै अतिथि कलाकारहरुको प्रस्तुतिले दिनभर मनोरञ्जन प्रदान गरेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल निर्मल फुयल विद्यालयको तर्फबाट विद्यार्थीहरुलाई सधैं गुणस्तरीय शिक्षा प्रदान गरिदैं आइएको र आगामी दिनहरुमा पनि विद्यार्थीको सर्वाङ्गिण विकासमा विद्यालय परिवार एकजुट भएर लाग्ने कुरा व्यक्त गरे ।

उक्त कार्यक्रम स‌स्थापक विर बहादुर बस्नेतकाे अध्यक्षातामा स‌चालन भएकाे थियाे भने शिक्षिका स्मृती कटवालले स्वागत मन्तव्यले स्वागत गरेका थिए भने प्रिन्सिपल निर्मल फुयलकाे स‌चालन रहेकाे थियाे ।विद्यार्थीहरुलाई सस्कार सहितकाे शिक्षा दिदै व्यवाहारिक शिक्षामा जाेड दिने उदेश्य रहेकाे समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *