Spread the love

बैशाख १२ बुधबार

रबिन्द्र बराल

मोरङको रतुवामाई नगरपालिका ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न सामाजिक अभियानकर्ताहरूले गरिब तथा अति विपन्न परिवारका लागि दिएकाे खाद्यान्न वितरण नगरेर खाल्डोमा गाडेपछि आज स्थानीयले नगरपालिका मा तालाबन्दी गरेका छन ।

 

नगरबासीको आवाज भष्ट्रचारीलाई कारबाही”नागरिक संघर्ष समिति रतुवामाई नगरपालिका, मोरङ भ्रष्टचार विरुद्धको नागरिक अभियान सुरु गरेको हाे । अख्तियार आयोगको टोली आउने भएपछि गए राती नगर प्रमुख उपप्रमुख लगायतका अन्य टोलीले केही दिन अगाडि रतुवा खोलाको बगरमा उत्खनन गरिएको ठाउँमा पुनः उत्खनन गर्न गएपछि रातको समय पनि स्थानीय ले उक्त ठाउँमा उत्खनन गर्न रोक गरेका थिए।

 

बुधबार बिहानैदेखि सम्पूर्ण नगरवासीहरुले नगरपालिकामा घेराबन्दी गर्दै ताराबन्दी समेत गरेका छन । स्थानीयहरूले प्ले कार्डमा नगर प्रमुख राजीनामा दे, भ्रष्टाचार प्रतिनिधि मुर्दामाद, जस्ता नारा समेत लेखेर नारावाजी समेत गरेका थिए । स्थानीय ज्ञापनपत्रमा कोरोना कालमा विभिन्न व्यक्तिहरु वाट साथै राज्यवाट सहयोग स्वरुप नगरमा बुझाएको नगद तथा जिन्सी विवरण समेतको माग गरेका छन्। अनुदानमा आएको म्याद विनाको जैविक मल तथा विउ विजन समेत जनतालाई वितरण नगरी विदाको दिन पारेर रतुवा बगरमा पुरिएको बारेमा समेत प्रष्ट पार्नुपर्ने माग राखिएको छ । सामाग्री कुन मितिमा गाडिएको र गाडिनु पर्ने कारण समेत माग गरिएको छ ।

 

उक्त खाल्डाे मा मुसुरी काे दाल , चामल रासायनिक मल , विभिन्न सागसब्जीका बिउ बिजन र औषधिसमेत फेला परेको थियो । बिउ बिजन भने सुरक्षित रहेको हुनाले कृषकहरूले बिउ बिजन देखेपछि आक्रोसित समेत भएका थिए। उनीहरुले भने आफूहरुले बिउभिजन लिनजाँदा विभिन्न बहाना बनाउने तर यसरी खोलाको किनारमा ल्याएर गाडेको समेत आरोप लगाएछन्। यसरी जनप्रतिनिधिहरुले कृषकहरूलाई आएको अनुदानसमेत यसरी गाडिएको प्रति आपत्ति जनाएका छन । नगर प्रमुख नागेश्वर प्रसाद सिंह गनगाईले सो कुरा आफू लाई थाहा नभएको भन्दै पन्छिन समेत खोजेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *