Spread the love

बैशाख १४ शुक्रबार

रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र रंगेली परिवारले एक कार्यक्रम को आयाेजना गरी २१ औं वार्षिक उत्सव एवम् नव निर्मित सभाहलको उद्घाटन समेत भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ।

 

उक्त कार्यक्रमकाे प्रमुख अथिति र नगरपालिकाका मेयर दिलीप बगडियाले पानसमा बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गरेका थिए । कार्यक्रमकाे बिशिष्ट      अथिति रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली , वडा अध्यक्ष रामचन्द्र मण्डल, विभिन्न ब्रहृमा कुमारी राजयोग उप सेवा केन्द्रकी दिदी दमक वाट राधा दिदी,इटहरी वाट सारदा दिदी,उर्लाबारी वाट मिरा दिदी, कञ्चनबारी वाट शोभा दिदी,कटहरी वाट सुनिता दिदी,बेलबारी वाट सिला दिदि,गछिया वाट विद्या दिदी को समेत सहभागिता रहेको थियो। कार्यक्रम मा विभिन्न स्थान बाट ओम शान्ति का भाइजी र दिदी हरूको बाक्लो उपस्थिति रहेको थियोे ।

 

कार्यक्रममा स साना बालबालिका हरुले अथिति हरुलाई नृत्य गरेर मनाेरञ्न समेत गराएका थिए । ब्रहृमा कुमारी उपशाखा केन्द्र रंगेलीकी प्रमुख जसोधा दीदी ले स्वागत मन्तव्य दिँदै सबै अथिति र केन्द्र वाट आउनू भएका लाई फूल का माला सहित सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *