Spread the love

बैशाख २७  बिहीबार

रबिन्द्र बराल

कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय ले रङ्गेली अस्पतालमा  प्रसुति  गराउन आएका  महिलाहरूका लागि पोष्टयुक्त एफ माइक्रोन्यूट्रिएन्ट फोर्टिफाइड फूड  बितरण गरेकाे छ  ।

 

प्रस्तुतिको स्वास्थ्यमा राम्रो हुने र  नवजात शिशुको लागि प्रायप्त मात्रामा दुघ आउने भएको हुनाले  स्वास्थ्य  मन्त्रालय ले  प्रस्तुतिकाे लागि एफ माइक्रोन्यूट्रिएन्ट फोर्टिफाइड फूड नामक पाेषणयुक्त फुड  वितरण गरेको छ।  विशेष गरेर  गर्भवती र सुत्केरी महिला  हरुका लागि निशुल्क रुपमा बितरण गर्ने  प्रदेश सरकारले यस्तो  अभियान लाई अगाडि बडाएकाे हाे ।

रङ्गेली अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै रंगेली नगरपालिका को  उपमेयर भूमा पराजुली,  अस्पतालका मेसु बसन्त कुमार साह, डाक्टर सुरज अर्याल , समितिका अध्यक्ष देवमणि कटुवाल, सदस्य अजिम आलम, प्रशासकिय अधिकृत ओपि  यादव ओटि ईन्चार्ज पंकज मंण्डल, नर्सिङ ईन्चार्ज मिरा बराईली लगायत ले रङ्गेली अस्पतालमा प्रसुती गराउन आएका पाेषण युक्त फुड एक प्रसुतिलाई ३ केजी का दरले  फूड बितरण   गरेका छन ।

 

रङ्गेली अस्पतालमा प्रसुति गराउन आउने रङ्गेली , सुनबर्सी , रतुवाई  , धनपालथान  र कानेपाेखरी लगायतका  स्थानका महिला  हरु प्रसुती गराउन आएका सबै पालिका भित्र का महिला हरू लाई समेत  पोषणयुक्त फुड   दिने  उपप्रमुख भुमा पराजुले बताईन  । पहिलो चरणमा स्वास्थ्य कार्यालय ले १९ सय केजी फुड ६ सय ३४ जना लाई  बितरण गर्ने भएको छ। प्रदेश सरकारले   ४९ हजार ९ सय ६० रुपैयाँ बराबरको रहेको फुड बितरण समेत गरेको  अस्पताल प्रशासन का ओपि  यादव, ले बताए ।

 

उक्त फुड ५० ग्रामका दरले दैनिकी लिटाे बनाएर सुत्केरी महिलाले खाने भएका ले एक महिना सम्म पुग्ने र पछि घरमै दाल,गेडागुडी लगायत बनाएर खाने गरेपछि परस्वती महिलालाई स्वास्थ्यमा कुनै समस्या नआउने र बच्चासँगै स्वास्थ्य रहने रङ्गेलीका मेसु वसन्त कुमार साहले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *