कानेपोखरी ।

मोरङको कानेपोखरी गाउँपालिकाको कार्यलयले चैत्र १८गते मंगलबार एक अाैपचारीक कार्यक्रम गरेर ६८ अौ सहकारी दिवस मनाएका छन ।
कानेपोखरी-५ मा रहेको गाउँपालिको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा कानेपोखरी ४ मा रहेको बयरबन महिला बचत तथा ऋण सहकारी संस्थाकि कर्मचारी अम्बिका सुवेदीलाई नगद रु ५हजार १सय नगद सहित प्रमाणपत्र प्रदान गरेर उत्कृष्ट कर्मचारी पुरस्कारले पुरस्कृत गरेका थिए ।
माेरङकै उत्कृष्ट सहकारी रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था, जनमुखी बचत तथा ऋण सहकारी संस्था र सिंहदेवि दुग्ध बचत तथा ऋण सहकारी संस्थालाई सम्मान पत्रले सम्मान गरेको छ ।


त्यस्तै गाउँपालिकाले दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था बयरबन र जागृती बचत तथा ऋण सहकारी संस्थालाई पैसा गन्ने मेसिन र सम्मान पत्र प्रदान गरेको हो ।

गाउँपालिका प्रबक्ता तथा आर्थिक बिकास समितिका संयोजक समेत रहेका २ नम्बर वडाका वडाअध्यक्ष सुशील बुढाथोकीको अध्यक्षतामा कार्यक्रम संचालन भएकाे थियाे भने कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीको प्रमुख अथिती रहेको थियो कार्यवाहक प्रशासकिय अधिकृत मछिन्द्रर थुलुककाे विशेप अतिथिरहेकाे थियाे । अतिथिहरूमा वडा का वडा अध्यक्ष वडा सदस्यहरू तथा पार्टीका प्रतिनिधिहरूलगायतकाे अातिथियता रहेकाे थियाे ।
कार्यक्रम भने दीप प्रज्वलन गरेर समुदघाटन गरीएकाे थियाे भने सहकारी संस्थाका अध्यक्ष तथा क्रमचारीहरूले ६८वटा मैनवती वालेका थिए ।