'कानेपोखरीले मनायाे ६८अौ सहकारी दिवस जसमा १ क्रमचारी सहित ३ सहकारीले पाए पैसा गन्रै मेसिन । थारू पाेर्टल'

April 2, 2025

विज्ञापन
No data was found
कानेपोखरी ।
मोरङको कानेपोखरी गाउँपालिकाको कार्यलयले चैत्र १८गते  मंगलबार  एक अाैपचारीक कार्यक्रम गरेर ६८ अौ सहकारी दिवस मनाएका छन ।
कानेपोखरी-५ मा रहेको गाउँपालिको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा कानेपोखरी ४ मा रहेको बयरबन महिला बचत तथा ऋण सहकारी संस्थाकि कर्मचारी अम्बिका सुवेदीलाई नगद रु ५हजार १सय नगद  सहित प्रमाणपत्र प्रदान गरेर उत्कृष्ट कर्मचारी पुरस्कारले पुरस्कृत गरेका थिए ।
माेरङकै उत्कृष्ट सहकारी रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था, जनमुखी बचत तथा ऋण सहकारी संस्था र सिंहदेवि दुग्ध बचत तथा ऋण सहकारी संस्थालाई सम्मान पत्रले सम्मान गरेको छ ।
त्यस्तै गाउँपालिकाले दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था बयरबन र जागृती बचत तथा ऋण सहकारी संस्थालाई पैसा गन्ने मेसिन र सम्मान पत्र प्रदान गरेको हो ।
गाउँपालिका प्रबक्ता तथा आर्थिक बिकास समितिका संयोजक समेत रहेका २ नम्बर वडाका वडाअध्यक्ष सुशील बुढाथोकीको अध्यक्षतामा कार्यक्रम संचालन भएकाे थियाे भने  कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीको प्रमुख अथिती रहेको थियो  कार्यवाहक प्रशासकिय अधिकृत मछिन्द्रर थुलुककाे विशेप अतिथिरहेकाे थियाे । अतिथिहरूमा वडा का वडा अध्यक्ष वडा सदस्यहरू तथा पार्टीका प्रतिनिधिहरूलगायतकाे अातिथियता रहेकाे थियाे ।
कार्यक्रम भने दीप प्रज्वलन गरेर समुदघाटन गरीएकाे थियाे भने सहकारी संस्थाका अध्यक्ष तथा क्रमचारीहरूले  ६८वटा  मैनवती वालेका थिए  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.