रबिन्द्र बराल
बैशाख २

मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्षकाे दिन मेला तथा विशेष पुजाआजा भएको छ।
सुनवर्षी थान मंन्दिरमा विशेष पुजा आजा हुनुका साथै मेला भर्ने भक्तजन हरुकाे समेत उल्लेख्य सहभागीता रहेको थियोे । बैशाख १ गतेका दिन तराईका विभिन्न देवि देउता तथा महाराजथानहरु रहेकाे ठाउँमा झकिझकाउ बनाएर सुनवर्सि महारज थानमा विशेष गरेर आफ्नो मनाेकामना पूरा भए पछि माटोको हात्ती, कागजबाट बनाइएको फुलघाेडा बडिमात्रामा चडाउने चलन समेत रहेकोछ ।

तराईमा बसाेवास गर्ने आदिवासीे ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफ्नाे कुलदेवताकाे रुपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन । सुनवर्षी बाट वैशाखभरि माेरङकाे दक्षिणी भेगमा विभिन्न थानमा मेला लाग्ने प्रचलन समेत रहेको छ ।

उक्त मेलामा पूर्वी तराईको झापा,मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् । सुनवर्षी महारजाको ग्राम पूजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको छ । बडा अध्यक्ष कुमार बुडाथाेकी का अनुसार ५० वर्षअगाडि देखि उक्त स्थानमा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ ।
तीन विघा १२ कठ्ठा क्षेत्रफलमा रहेको सुनवर्षी महाराजको ग्रामथान रहेको छ। सुनवर्षीमहाराज ग्रामथान संरक्षण र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको र यसमा प्रदेश सरकारले समेत महत्त्वपूर्ण का साथ हेर्नुपर्ने कुरामा जाेड दिनुपर्ने बुडाथाेकीले बताए । यसको संरक्षण र विकास नै हाम्रो चासो रहेको र सबै पक्षले आ आफ्नाे ठाउँबाट लागि परे साे ठाउँको बिकास गर्ने सहज हुने र सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा राम्रो हुने बुडाथाेकी ले बताए ।







