'१०औं  राष्टिय CHITF तेक्वान्डाे च्याम्पियनशिप कानेपोखरीमा  हुदै ।थारु पाेर्टल'

April 19, 2025

विज्ञापन
No data was found
 कानेपाेखरी ।  बैशाख। ६ 
विद्यानन्द चाैधरी 
नेपाल CHITF तेक्वान्दो संघ, कोशी प्रदेशको आयोजनामा १०औं नेपाल CHITF तेक्वान्दो च्याम्पियनशिप जेठ १५, १६ र १७ गते मोरङको कानेपोखरी गाउँपालिका–६ मा रहेकाे  जनसेवा माध्यमिक विद्यालयको खेल मैदानमा हुने भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ स्थापित संघले तेक्वान्दो खेलमार्फत स्वस्थ, र अनुशासित नागरिक उत्पादन गर्ने लक्ष्य लिएको छ। यस प्रतियोगितामा २५ जिल्लाबाट करिब ४सय५० जना खेलाडीहरु सहभागी हुने आयोजकका  सचिव दिनेश सुब्बाले जानकारी दिनु भयाे ।
  विभिन्न जिल्लाबाट  गरी लगभग ४सय५० जना खेलाडी, २० जना रेफ्री, १० जुरी, १० अफिसियल, तथा ३० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक हरु आउने कुरा  कोशी प्रदेश संघका अध्यक्ष युवराज भूजेल (ब्ल्याक बेल्ट थ्री डान ले वताउनु भयाे ।
पुरुष र महिला दुवै तर्फ सिङ्गल फाइट, ग्रुप फाइट, सिङ्गल प्याटन र ग्रुप प्याटन विधामा प्रतिस्पर्धा हुने छ। पुरुष तर्फ २० केजीदेखि ९० केजी र महिला तर्फ २० केजीदेखि ८० केजीसम्मको तौल समूहमा प्रतिस्पर्धा हुने जनाइएको छ।
संघले हालसम्म २२ जना ब्ल्याक बेल्ट वान डान, २ जना टु डान र २ जना थ्री डान खेलाडी उत्पादन गरेको छ। प्रदेशभर खेलाडी संख्याको हिसाबले तेह्रथुमको आठराई गाउँपालिकाबाट ७० जना र मोरङको उर्लाबारी, कानेपोखरी र रंगेलीबाट १सय२० जना खेलाडीहरु सक्रिय छन्।
प्रतियोगिता ८ लाख ७० हजार रुपैयाँको अनुमानित लागत लाग्ने बताइएको छ। यसका लागि स्थानीय सरकार, संघसंस्था, खेलप्रेमी र दाताहरूसँग सहयोगको अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ।
 आयोजकले सम्पूर्ण अभिभावक, सञ्चारकर्मी, संघसंस्था र खेलप्रेमीहरूप्रति सहयोगको अपेक्षा गर्दै नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गरेका छन्। पत्रकार सम्मलेन पछि  खेल प्रदशन समेत गरेका थिए । यसै सुचनालाई आधार मानेर सहयाेगी मन हुनेले  आर्थीक सहयाेग गिरिदनहुन  समेत अपील गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.