बैशाख ८ साेमबार
रबिन्द्र बराल

माेरङकाे रतुवामाई नगरपालिका ४ स्थित झुर्किया बजारमा रहेकाे काेलडस्टाे निर्माणकार्य सम्पन्न भईसकेतापनि हाल सम्म सन्चालमा आउन सकेको छैन ।
बिगत ७ बर्ष अगाडि काेलस्टाेर कृषकहरुलाई लक्षित गरेर निर्माणकार्य सुरुगरेकाे भएता पनि समय अबधिमै काम सम्पन्न भएता पनि हाल सम्म पनि उक्त चिस्यानकेन्द्र सुचारु नहुदा कृषकहरु निरुत्साहित भएकाछन । साे क्षेत्रका ९५ प्रतिशत खाेतीयाेग्य जमिनमा उत्पादन हुदै आएतापनि कृषकहरुले उत्पादन गरेकाे आलु,प्याज लगायतका सामग्री हरु केही समयकाे लागि सुरक्षित राख्नका लागि नगरपालिकाले १ करोडौं बराबरको लागतमा काेलस्टाेर निर्माणकार्य सुरु गरेको थियोे ।

नगरले कृषकहरुलाई सहज हुने र कृषकहरुले उत्पादन गरेको सामाग्री हरु राख्नका लागि निर्माण गरेकाे काेलस्टाेर सन्चालनमा नआउदा उक्त काेलस्टाेर बेकामे बनेकाे स्थानीय रंजित कुमार साहले बताए । सरकारले कृषकहरुका लागि बनाएकाे काेल्डस्टाेर सन्चालनमा नल्याउदा कागलाई बेल पाक्याे हर्सन बिस्मत भएको रंजितले बताए । उक्त काेलस्टाेर झुर्कियाकाे बडा कार्यलयकाे प्राङ्गणमा निर्माणकार्य भएता पनि दैनिकी बडा अध्यक्ष तथा जनप्रतिनिधि हरुकाे आँखै अगाडि रहेतापनि कुनै पक्षले उक्त काेलस्टाेर सन्चालनमा ल्याउन कुनै पहल नगरेकाे स्थानीय ब्यपारी मानिक्चन पाैदारले बताए ।
बडा अध्यक्ष अमन किशोर सिंहका अनुसार काेलस्टाेर सन्चलनका लागि हालसम्म कार्यबिधि नहुदा सन्चालनमा अनाएकाे र आफुले बारम्बार नगरमा जानकारी गराउदा समेत कुनै सुनवाइ नभएको उनले स्युकार गरेका छन ।